शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)

आइतबार, २० असार २०७८, २३ : २६
आइतबार, २० असार २०७८

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नागरिक आन्दोलन समूहको नेतृत्वमा भएको सो प्रदर्शनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध समेत चर्को विरोध गरिएको छ ।

बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्का लगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै प्रदर्शनकारीहरूले त्यसको छानविन हुनुपर्ने माग गरे । प्रदर्शनकारीहरूले प्रतिष्ठान डुबाएर आफ्नो जीवन उकास्ने कसैलाई पनि नछोडिने चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप