शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा तालाबन्दी

आइतबार, २० असार २०७८, २३ : ११
आइतबार, २० असार २०७८

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका  कर्मचारी कार्यालयमा नआएको भन्दै वडा अध्यक्षहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान यादव र ४ का अध्यक्ष ओमप्रकाश पाण्डेले असार मसान्तमा जनताको काम गर्ने बेलामा कोही पनि पालिका कार्यालयमा नआएकाले तालाबन्दी गरिएको जानकारी दिए । काम गर्ने बेलामा कर्मचारी नआएकोले आफुहरु बाध्य भएर तालाबन्दी गरिएको उनीहरुले बताए । कोटहीमाई गाउँपालिका रुपन्देहीको दणिक्षी क्षेत्र मर्चवारमा पर्दछ ।

अध्यक्ष यादवले  गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र प्राविधिक कोही पनि कार्यालयमा नआएको बताए । यद्यपि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा गौडले तालाबन्दीबारे आफूलाई जानकारी नभएको जानकारी दिए । उनले आफु बिरामी भएका कारण कार्यालय जान नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप