शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाँचथरमा खोलाले बगाएर दुई किशोर बेपत्ता

आइतबार, २० असार २०७८, २३ : ०१
आइतबार, २० असार २०७८

पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।

स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र बिपललाई बगाएपछि अन्य किशोरले गाउँमा आई स्थानीयवासीलाई खबर गरेका थिए । दिउँसो करीब २ बजे घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत घटना स्थलतर्फ गएको छ । बेपत्ता भएका लक्ष्मण र बिपल दाजुभाइका छोरा हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप