शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : प्रदेशकै गौरवको आयोजनाका रुपमा प्रदेश रंगशाला निर्माण हुने

आइतबार, २० असार २०७८, २१ : ०५
आइतबार, २० असार २०७८

कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशाला निर्माण आयोजनालाई प्रदेशकै गौरवको आयोजनाका रुपमा घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताइन् । उनका अनुसार दुर्गम क्षेत्रका कोभिड–१९ का गम्भीर बिरामीका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप