काठमाडौं उपत्यकामा हट्यो जोर विजोर, २५ जनासम्मले भौतिक रुपमा परीक्षा दिन पाउने

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । अब सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली पनि हट्ने भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार (असार २२) देखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए । ‘उपत्यकाको जोर बिजोर प्रणाली हटाउने, सबै किसिमका परीक्षा २५ जना नबढ्ने गरी भौतिक रुपमा दिन पाइने, सवै किसिमका पसल ६ बजेसम्म खोल्न पाइनेछ’, प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । तर, स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् । योसँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् ।
साथै काठमाडौ उपत्यका छिर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने छ । लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाएको र जारी निषेधाज्ञा आगामी असार ३१ गतेसम्म थप्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण