बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३० हजार घूससहित सव–इन्जिनियर अख्तियारको फन्दामा

आइतबार, २० असार २०७८, १७ : ०३
आइतबार, २० असार २०७८

ओखलढुंगामा ३० हजार घूससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियार टोलीले पासवानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप