चित्र मेटिएपछि कलाकारहरु पुगे महानगर
कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरपालिकामा निवेदन दिएका छन् ।
कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्क स्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरलाई निवेदन दिएका हुन् । दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आईतबार काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली मार्फत् मेयरलाई निवेदन दिएका हुन् ।
शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका वडा नं. २८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार शहरको सौन्दर्यमा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो । कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारी विरुद्धमा अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई थोरै भएपनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफुहरुले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरी सोही स्थानमा चित्र कोर्न पाउनुपर्ने माग गरे ।
कलाकारहरुको निवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिका भित्रको महत्वपूर्ण ठाउँहरुमा कुनैपनि काम गर्दाखेरी महानगरपालिकाबाट स्वीकृती र सहमती लिनुपर्ने बताए । उनले वडा कार्यालयसँग सहमती लिनु अघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने बताए ।
कलाकारहरुले महानगरपालिका अगाडी धर्ना पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
-
ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
-
अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान
-
तेल अभिभमा हुथी विद्रोहीद्वारा मिसाइल आक्रमण, एक दर्जनभन्दा बढी घाइते
-
रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै
-
नागरिक लक्षित प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह