शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विघटन मुद्दामा सभामुखतर्फको बहस सकियो

आइतबार, २० असार २०७८, १६ : ३८
आइतबार, २० असार २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।  आइतबार दुईघण्टा समय अवधिमा सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लवकुमार मैनाली, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् । 

सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस शुरु गरिएको छ । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट आइतबार १ घण्टा जवाफ दिएका छन् । 

जवाफी बहसका लागि २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ । सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र  हरिहर दाहालले जवाफ दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप