नेकपाको राष्ट्रिय राजनीतिमा शान्तिपूर्ण प्रवेश सामान्य घटनाक्रम होइन : प्रवक्ता विश्वकर्मा
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो दिनमा सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षबाट ढिलाइ भएको भन्दै असन्तुष्टि जनाए ।
उनले यही विषयलाई लिएर आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको जानकारी दिँदै उनले प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा देखिएको उतारचढाव, कोरोना महामारीलगायतका कारण सहमति कार्यान्वयनमा ढिलाइ भएको र छिट्टै सहमति कार्यान्वयनतर्फ जाने प्रतिबद्धता जनाएको बताए ।
उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए । ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’ उनले भने, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’
विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा