झन् झन् खुम्चिँदै सेयर
आइतबार, २० असार २०७८, १६ : १९

पछिल्ला दिनहरुमा तीब्र गिरावट आइरहेको सेयर बजार परिसूचक नेप्सेमा आइतबार थप ८.४८ अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको हो ।
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत सामान्य (०.३३) अंकले घटेर ५२८.४५ विन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ६० हजार १७५ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँको मात्र कारोबार भएको छ ।
आज होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहहरु धनात्मक हुँदा अन्य अधिकांश समूहहरु ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाद्वारा ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या
-
काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु
-
लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : विमलेन्द्र निधि
-
कर्मचारी ट्रेड युनियनको ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए कलम बन्द गर्ने चेतावनी
-
‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो