शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झन् झन् खुम्चिँदै सेयर

आइतबार, २० असार २०७८, १६ : १९
आइतबार, २० असार २०७८

पछिल्ला दिनहरुमा तीब्र गिरावट आइरहेको सेयर बजार परिसूचक नेप्सेमा आइतबार थप ८.४८ अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको हो । 

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत सामान्य (०.३३) अंकले घटेर ५२८.४५ विन्दुमा झरेको छ ।  नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ६० हजार १७५ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँको मात्र कारोबार भएको छ । 

आज होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहहरु धनात्मक हुँदा अन्य अधिकांश समूहहरु ऋणात्मक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप