आमिर खान–किरण राव सम्बन्धविच्छेदको घोषणा गरेको भोलिपल्ट सँगै देखिए, हातमा हात राखेर हाँस्दै भने...
आमिर खान र किरण रावले सम्बन्धविच्छेद गरेको एक दिनपछि आफूहरु दुबैजना निकै खुसी भएको बताएका छन् । आमिर खान र किरण राव ‘पानी फाउन्डेशन’ को एक साप्ताहिक अनलाइन कार्यक्रममा कारगिलबाट समावेश भए ।
आमिर खानले भने, ‘तपाईंहरुले हाम्रो घोषणा सुन्नु नै भयो होला । तपाईंहरुलाई दुःख पनि लाग्यो होला । राम्रो लागेन होला । तर हामी दुबै असाध्यै खुसी छौं । एउटै परिवार हौं । हाम्रो सम्बन्धमा परिवर्तन आएको छ तर हामीहरु सँगै छौं । हामी खुसी रहौं भनेर तपाईंहरु प्रार्थना गरिदिनुहोस् ।’
किरण रावले पनि भनिन्, ‘हामीहरु तपाईंलाई आश्वासन दिन चाहन्छौं कि हामीहरु सँगै काम गरिरहनेछौं ।’
‘‘पानी फाउन्डेशन’ले कोरोना लकडाउनका बेलादेखि यस्तो साप्ताहिक चर्चाका कार्यक्रमको आयोजना गर्दै आएको छ र आमिर–किरण राव यसमा समावेश भइरहन्छन् ।
यी दुबैले शनिबार एक साझा बयान जारी गरेर आफूहरु अलग्गिएको जानकारी दिएका थिए ।
यी दुईको १५ वर्ष अघि विवाह भएको थियो र उनीहरुका एक छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण