शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोमा बाँकी टोलीभन्दा इङ्ल्यान्ड कसरी विशेष छ ?

आइतबार, २० असार २०७८, १४ : ५७
आइतबार, २० असार २०७८

युरोकप फुटबलमा क्वाटरफाइनल खेलहरु सकिएका छन् । अब, चार टोलीमध्ये एकले उपाधि जित्नेछ । त्यसमध्ये पनि इङ्ग्ल्यान्डलाई धेरैले प्रमुख दाबेदारका रुपमा हेरेका छन् । यसका केही कारणहरु छन् । 

घरेलु मैदान 
जारी युरो कपका सेमिफाइनल र फाइनल खेलहरु लण्डनस्थित बिम्बली रंगशालामा हुँदैछन् । त्यसैले घरेलु मैदानमा खेल्न इङ्ग्ल्यान्डलाई केही सहज हुने आँकलन गरिएको छ । 

गोल खाएको छैन 

अर्का कुरा ग्यारेथ साउथ गेटको नेतृत्वमा रहेको इङ्ग्ल्यान्डले जारी प्रतियोगितामा पाँच खेलमा कुनै पनि गोल खाएको छैन । आगामी बुधबार, २३ असारमा नेपाली समयअनुसार १२ः ४५ मा इङल्यान्डले डेनमार्कको सामना गर्दैछ । र, उक्त खेलमा विजयी भएमा २७ असारमा हुने फाइनलमा स्थान बनाउनेछ । 

आक्रामक अग्रपंक्ति 

इङल्यान्डको अग्रपंक्ति निकै उत्कृष्ट देखिएको छ । युक्रेनविरुद्ध ४–० को जित निकाल्दै इङल्यान्डले आफ्नो रवाफ देखाइसकेको छ । रहिम स्ट्रलिङ र कप्तान ह्यारी केन निकै फर्ममा छन् । दुईबीचको तालमेल पनि निकै राम्रो छ । युक्रेन विरुद्धको खेलमा ह्यारी केनलाई पहिलो गोलका लागि स्ट्रलिङले मिलाईदिएको पास निकै उत्कृष्ट थियो । त्यसैगरी गोलकिपर जोर्डन पिकफोर्ड पनि निकै लयमा देखिएका छन् । ५ खेलसम्म गोल नखानुले पनि उनको प्रदर्शनको पुष्टी गर्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप