एनआरएनए जापानमा गुरुङको उम्मेदवारी

person explore access_timeअसार २०, २०७८ chat_bubble_outline0

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताए ।

उनले नेपाल–जापानमैत्री सम्बन्ध थप सुदृढ गर्न कूटनीतिक तथा जनस्तरबाट पहल गर्ने, व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आबद्ध भएकाका लागि कानूनी, भाषागत एवं अन्य समस्यामा सहयोग गर्दै विभिन्नरुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।