पुरस्कारको राशी चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई
भुवन चैत्य वसुन्धरा फाउण्डेसनले वि.सं.२०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार तथा चैत्यदेवी पुरस्कारको राशी कलाकारहरूद्वारा सञ्चालित सिन्धु सहायता कोष तथा चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई प्रदान गरिने भएको छ । कोभिडको दोश्रो भेरियन्टकासाथै निषेधाज्ञा तथा बाढी पहिरोले जनजीवनमा पुर्याएको क्षतिलाई मध्य नजर गर्दै यो वर्ष पुरस्कार स्रष्टा सर्जकलाई प्रदान नगरी दुई वटा कोषलाई हस्तान्तरण गर्न लागिएको हो ।
फाउण्डेसनकी अध्यक्ष वसुन्धरा भुसालको अध्यक्षतामा असार १७ गते बसेको बैठकले एक लाख दुई हजार रुपैयाँ सिन्धु सहायता कोषलाई तथा ५१ हजार रुपैयाँ चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरिएको फाउण्डेसनले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई क्रियाशील बनाउनुपर्ने मान्यता राखि यसअघि नै नेपाल चलचित्र कलाकार संघले पचपन्न हजार रूपैयाँ प्रदान गरिसकेको थियो । जसअनुसार सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्ललाई एकलाख दुई हजार रूपैयाँ हस्तान्तरण गरिएको छ ।
त्यस्तै चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई प्रदान गरिने ५१ हजार रुपैयाँ नगद चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिने छ । यसअघि स्थापना वर्षको पुरस्कार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एक लाख ५३ हजार रूपैयाँ अर्पण गरिएको थियो भने गत वर्षको पुरस्कार चलचित्रकर्मी शकुन्तला शर्मा, नृत्य निर्देशक भैरवबहादुर थापा तथा चलचित्रकर्मी मह जोडीलाई अर्पण गरिएको फाउन्डेसनका सचिव मोहन निरौलाद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने