शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

आइतबार, २० असार २०७८, १२ : ५२
आइतबार, २० असार २०७८

माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामले अनुसन्धान गरिरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप