मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन, न्युनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता आवेदन दिन सकिने

आइतबार, २० असार २०७८, १२ : ४९
आइतबार, २० असार २०७८

काठमाडौं । ज्योति विकास बैंकले २०७८ असार २० गते देखि १ हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको छ।

बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । ९% वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो।

१.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुको लागि ६० करोड र व्यक्तिगत र विभिन्न संघसंस्थाहरूका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ। लगानीकर्ताहरूले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप