बाढीका कारण डुबानमा परेको गौरलगायतका क्षेत्रमा पानीको सतह घट्दै
![बाढीका कारण डुबानमा परेको गौरलगायतका क्षेत्रमा पानीको सतह घट्दै](https://rpcdn.ratopati.com/media/albums/IMG_20210704_102533_v8IgM86p97.jpg)
केही दिन यता बाढी र डुबानको चपेटामा परेको रौतहटमा आइतबार विभिन्न खोला तथा नदीका जलस्तर घट्न थालेको छ । बाढीका कारण डुबानमा परेको सदरमुकाम गौरमा पनि पानीको सतह विस्तारै घट्दै गएको छ ।
जिल्लाको मध्यभागमा बग्ने झाँझखोला र पश्चिम लालबकैया नदीको जलस्तर घटेसँगै सदरमुकाम गौरमा पनि राहत महसुस गर्न थालिएको छ । अविरल वर्षा र बाढीका कारण डुबानमा परेको गौरमा पानीको सतह घट्दै गएको छ ।
शनिबार साँझ ६ बजेसम्म गौरस्थित नर्सिङ क्याम्पस एरिया र भन्सार एरिया डुबानमा परेको थियो । तर आइतबार सबै स्थानमा पानीको सतह कम भइरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
गौरबाट २ किलोमिटर उत्तर गौर–चन्द्रपुर मुख्य सडकमा पर्ने सबगढास्थित लचकामा पानीको सतह कम भएपछि यातायात सञ्चालनमा सहज भएको छ । लचकामा मोटरसाइकल र पैदल यात्रुलाई वारपार गर्न गौर नगरपालिकाले निःशुल्क ट्याक्टरको व्यवस्था गरेको छ ।
ईशनाथ नगरपालिका–१, बनजरहा गाउँमा पनि पानीको सतह घटेको प्रहरीले जनाएको छ । शनिबार बनजरहाका ३० परिवार बिस्थापित भएर गाउँमै आफन्तको घरमा बस्दै आएका थिए ।
बाढीले मौलापुर–कलैया सडकखण्ड अन्तर्गत हरनहिया चोकभन्दा पूर्व करिव १० मिटर कालोपत्रे बगाएको छ । उक्त स्थानमा अहिले आवतजावत अवरुद्ध छ ।
त्यसैगरी शनिबार अवरुद्ध रहेको कटहरियाघाट–लालबकैया नदीको पुलभन्दा पश्चिम लचका नजिकको बाटो सामान्य मर्मतपछि पैदल, साइकल, मोटरसाइकल आवतजावत भइरहेको छ भने चारचक्के सवारीसाधन सञ्चालन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त