बजेट पास नहुने देखिएपछि प्रदेशसभा बैठक सारियो
बजेट पास नहुने देखिएपछि बागमती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो ।
सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।
सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए ।
‘केही विवादहरु समाधान गर्नुपर्ने भएकाले प्रदेशसभाको बैठक सारिएको हो,’ उनले भने । उनले प्रदेशसभाको बैठकमा बजेट माथिको छलफल संचालनका लागि सत्तापक्ष र प्रतिपक्ष दलहरु बीच सहमती कायम गर्न आज दिउँसो १ बजे सभामुख सानुकुमार श्रेष्ठसँग छलफलको कार्यक्रम तय गरीएको बताए ।
हिजो शनिबारदेखि प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् । प्रदेश सरकारले पी.एल.एम.बी.आइ.एस सिस्टममा बजेट प्रविष्ट नगरी संविधान र विधि मिचेर बजेट विवरणको २ प्रकारका पुस्तक प्रकाशन, सशर्त तर्फको बजेटमा सत्तापक्ष र प्रतिपक्षका सांसद् तथा स्थानीय तहहरु बीच विभेद, प्रदेश सरकार मातहतमा रहनेगरी आम संचार गृह संचालन, विद्युतीय बस खरिद र सुरुङ मार्ग निर्माण जस्ता निर्णय फिर्ता हुनु पर्ने माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण