शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको सानेपामा भारतीय नागरिक मृत फेला, हत्या आशंका

आइतबार, २० असार २०७८, २१ : ५३
आइतबार, २० असार २०७८

 ललितपुर महानगरपालिका– २ सानेपा स्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् । भारत राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

दई तले घरको दोस्रो तलामा पारिक मृत फेला परेका हुन् । घटनास्थलमा रगत देखिएको छ । 

घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सो घरमा पारिक एक्लै बस्दै आएका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप