आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जगेडा खेलाडी मिक्केल एकाएक कसरी बने युरोका स्टार ?

आइतबार, २० असार २०७८, ०९ : १०
आइतबार, २० असार २०७८

युरोकप सुरु हुँदा २० वर्षका यी खेलाडीले प्रतियोगितामा धेरै समय मैदान उत्रन पाउने अनुमान गरिएको थिएन । किनकी, उनी टोलीका सबैभन्दा ठूला स्टार क्रिष्ट्रियन इरिक्सनको साटो ब्याकअप खेलाडीका रुपमा छानिएका थिए ।

‘उनी विशेष छन् भन्नेमा कुनै प्रश्न छैन । तर कृपया, उनीमाथि धेरै दबाब नथोपरौं,’ साम्पडोरियाका तत्कालीन प्रशिक्षक क्लाउडियो रेनिइरीले मिक्केल ड्याम्सगार्डबारे भनेका थिए । 

उनले भनेको कुरा साँचो निस्किएको छ । जारी युरोकपले ड्याम्सगार्ड कति विशेष छन् भन्ने प्रमाणित गरेको छ ।  २०२० मा यी युवा डेनिस मिडफिल्डर साम्पडोरिया आएका थिए, प्रशिक्षक रेनइरी र क्लबलाई थाहा थियो उनी विशेष छन् । तर उनी कति चाडैं इटलीको जीवनमा घुलमिल होलान् भन्ने उनीहरुलाई थाहा थिएन । अन्त्यमा आफ्नो पहिलो सिजन उनी ३५ खेलमा मैदान उत्रिए, जसमध्ये २ गोल गरे र उनी गोलका लागि पास मिलाइदिए । 

युरोकप सुरु हुँदा २० वर्षका यी खेलाडीले प्रतियोगितामा धेरै समय मैदान उत्रन पाउने अनुमान गरिएको थिएन । किनकी, उनी टोलीका सबैभन्दा ठूला स्टार क्रिष्ट्रियन इरिक्सनको साटो ब्याकअप खेलाडीका रुपमा छानिएका थिए । ड्याम्सगार्डले वर्षौंदेखि इरिक्सनको फलो गर्ने गरेका छन् र उनी अभ्यास तथा खेलका दौरान पनि इरिक्सनको शैली नक्कल गर्ने प्रयत्न गर्नसक्छन् ।

जब, १२ जुलाईमा फिनल्यान्डविरुद्धको खेलमा कार्डियक एरेस्टका कारण इरिक्सन मैदानमै ढले, त्यसपछि अनपेक्षित रुपमा सोचेभन्दा केही पहिले ड्याम्सगार्डको पालो आयो ।  

‘म उनीबाट शतप्रतिशत प्रभावित हुँदै आएको छु,’ भर्खरैमात्र डेनिस न्युज एजेन्सी रिटजाउसँग उनले इरिक्सनबारे भनेका छन्,‘मैले सर्वाधिक खेल हेरेका खेलाडीमध्ये उनी एक हुन् ।  मैले उनको खेल कौशललाई नजिकबाट नियाल्दै अभ्यास गरेर आफु पनि त्यस्तै बन्ने कोसिस गरेको छु । र, राष्ट्रिय टिमको सदस्य बनेर उनले कसरी अभ्यास गर्छन् भन्ने कुरा नजिकबाट नियाल्न पाउनु मेरा लागि अद्भूत हो ।’

ड्याम्सगार्ड सधैं उत्कृष्ट रहे । स्थानीय क्लब जाईलिन्जीबाट उनले आफ्नो खेल सुरु गरे, यो क्लबमा उनका बाबु हेनरिक बोर्रेसेन प्रशिक्षक थिए । ‘उनी सधैं म प्रति कठोर रहे,’ ड्याम्सगार्ड सम्झंन्छन्, ‘मैले अरुको दाँजोमा केही बढी अभ्यास गर्नुपथ्र्यों । मेरो बुझाईमा उनले आफैं व्यवसाहिक रुपमा खेल्ने सपना देखेका थिए, तर म खुसी छु । उनले मलाई धेरै सिकाए ।’

एघार वर्षको छँदा डेनिस सुपर लिगा क्लब नोर्डस्जेल्यान्डको नजरमा उनी परे । खासमा यी क्लबका स्काउटलाई अर्कै एक खेलाडीको खेल हेर्नका लागि पठाइएको थियो, तर उनी ड्याम्सगार्डबाट प्रभावित भएर फर्किए । यस क्लबको युवा एकेडेमीमा केही वर्ष बिताएपछि अन्तत २०१७ मा १७ वर्षको उमेरमा ड्याम्सगार्डले व्यवसाहिक फुटबलमा डेब्यु गरे । 

उनलाई डेब्यु गराउने प्रशिक्षक अरु कोही नभएर केस्पर हजुलमन्ड हुन्, जो अहिले डेनमार्कको प्रशिक्षक छन् । ‘ड्याम्सगार्ड एक कदम अघि छन् । हाम्रा अन्य खेलाडीभन्दा उनी दुई वा तीन सेकेन्डले छिटो छन्,’ हजुलमन्डले भने,‘उनी सधैं आफु आसपासको समय, स्पेस र मुभमेन्टलाई लिएर चनाखो छन् । उनी यी कुराहरुलाई एकत्रित गर्नसक्छन् र सानो पासमार्फत अवसरहरु 
सिर्जना गर्नसक्छन् । उनी एक वर्षअघि जस्तो थिए, अहिले त्योभन्दा केही छिटो छन् । जति उमेर बढ्छ, उनी नै उनको शरीरमा तिव्रता देखिन्छ र हामीले साँच्चै उत्कृष्ट खेलाडी देख्नेछौं ।’

फिनल्यान्डविरुद्धको खेल ड्याम्सगार्डले मैदानमै बसेर नियाले । बेल्जियमविरुद्धको खेलमा उनलाई मैदान उतारियो र यस खेलमा उनको प्रदर्शन हेर्नलायक रह्यो । रुसविरुद्ध डेनमार्कले ४–१ को सनसनीपूर्ण प्रदर्शन गर्दा यी खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण रह्यो । यो खेलमा सुरुवाती गोल ड्याम्सगार्डले नै गरे, र अर्को एउटा गोलका लागि पास पनि मिलाईदिए । त्यसैगरी वेल्सविरुद्ध डेनमार्कले ४–० को जित हासिल गर्दा पनि उनको ड्रिब्लिङ हेर्नलायक थियो, यस खेलमा पनि उनले एउटा गोलका लागि पास मिलाइदिए । चेक गणतन्त्रविरुद्ध पनि उनी विपक्षीका लागि खतरा बनेर उभिए । 

एकपछि अर्को खेलमा उत्कृष्ट खेल्दै ड्याम्सगार्डले आफुलाई टोलीको महत्वपूर्ण सदस्यका रुपमा उभ्याइसकेका छन् । र, १९९२ पछि पहिलोपटक उपाधि नजिक पुगेको डेनमार्कका लागि उनले सेमिफाइनलमा पनि उत्कृष्ट खेल्न अनुमान गरिएको छ । डेनमार्कले सेमिफाइनलमा इङल्यान्डको सामना गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप