आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

आइतबार, २० असार २०७८, ०६ : ५६
आइतबार, २० असार २०७८

साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले  विद्युतीय बस खरिद गर्न गत चैत १३  गते ग्लोबल बोलपत्र आह्वान गरेको  थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ । 

साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा  विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हा । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।

साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, “प्रस्ताव खोलिएको छ, मूल्याङ्कन गर्न एक महिना लाग्छ । हाम्रो  लक्ष्य अबको दुई महिनामा सम्झौता गर्ने हो, सम्झौता भएको करिब छ महिनामा बस आउँछन् ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप