शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै मसाल जुलुस प्रदर्शन

शनिबार, १९ असार २०७८, २३ : ३२
शनिबार, १९ असार २०७८

सिरहामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मसाल जुलुस प्रदर्शन  छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव नेपाल समूहका विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।

मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक पुजन सिंहले विघटित संसदको पुनःस्थापनाको माग गर्दै पेट्रोलियम पर्दाथको मूल्य कम गर्न सरकारसँग माग गरे । केन्द्रीय सदस्य सिंहले तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने र यस अवधिको विद्यार्थीहरुको स्कुल फि मिनाहा गर्न समेत माग गरे ।

अखिल क्रान्तिकारीका जिल्ला सदस्य पारस यादव र अनेरास्ववियुका जिल्ला सदस्य सुरेश कुमार यादवको नेतृत्वमा गोल बजारको मुख्य चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप