विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार
शनिबार, १९ असार २०७८, २२ : ४६
![विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार](https://rpcdn.ratopati.com/media/albums/loadshedding-woes-continue-a036074a98c2e5a6e0f5f452bd4c896c_cxx03gyif5.jpg)
राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन् । धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रिएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो ।
प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए । यसरी विद्युत् प्रभावित हुने क्षेत्रहरूमा कालिका–१, उत्तरगया–१, गोसाइँकुण्ड गाउँपालिकाका छ वडा र आमाछोदिङ्मो गाउँपालिकाको पाँच वडा रहेको प्रमुख भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै
-
प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ
-
तथ्याङ्कमा युरो २०२४ : क्वार्टरफाइनलअघि १ सय गोल पूरा, गोल्डन बुटको रेसमा को–को ?
-
एआईको प्रयोगसम्बन्धी सरकारले पहिलोपटक तयार गरेको अवधारणा पत्रमा के छ ?
-
महामन्त्री ढकालको लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको चर्चा
-
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कार्यदलमा सकारात्मक छलफल भयो : जनार्दन शर्मा