जनकपुरका अधिकांश स्थान डुबानमा
शनिबार, १९ असार २०७८, २२ : २०
विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।
उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३ वढी डुबानमा परेका छन् । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् ।
एसियाली विकास बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ । ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । डुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण