शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दैलेखमा विपक्षी विद्यार्थी सङ्गठनद्वारा  मसाल जुलुस प्रदर्शन

शनिबार, १९ असार २०७८, २१ : ४०
शनिबार, १९ असार २०७८


विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले दैलेख सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले शनिबार साँझ सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । 

मसाल जुलुस गर्नुको खास कारण संसद् विघटन विरुद्धमा हो,’ अनेरास्ववियु केन्द्रीय कमिटीमा सदस्य विशाल योगीले रातोपाटीसँग भने,‘ ओलीले संविधानलाई ध्वस्त पार्दै छन् । ओलीको प्रतिगमनका विरुद्धमा आन्दोलनमा होमिएका हौँ।’ उनले आन्दोलन दैलेख सदरमुकामको लोकतान्त्रिक चोकबाट सुरु भएर देवकोटा चोकमा आएर समापन गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप