जलमग्न बन्यो रौतहट, तस्बिरमा हेर्नुहोस्
रौतहट । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षा सँगै रौतहटको प्रायः सबै नदीको जलस्तर बढेको छ । शनिवार अपराह्न देखि जिल्लाको मध्यभागमा बग्ने झांझखोला र पश्चिम लालबकैया नदीको बाढीको पानी सदरमुकाम गौरमा पस्न थालेको छ । शनिवार साँझ ६ बजेसम्म गौर स्थित नर्सिङ क्याम्पस एरिया र भन्सार एरिया डुबानमा परेको सिडिओ ईन्द्रदेव यादवले जानकारी दिए । त्यसै गरी गौर भन्दा २ किलोमिटर उत्तर गौर चन्द्रपुर मुलसडकको सबगढा स्थित लचकामा पानीको सतह बढेकाले यातायात प्रभावित भएको सिडिओ यादवले बताए ।
अहिले गौर बजारमा कतै कतै मूल सडकमा ३ फिटसम्म पानी जमेको छ । लालबकैया नदी र झांझ नदीको बाढीको पानी क्रमशः बढ्दै गएकाले रातिसम्म गौर बजारमा पानी बढ्ने अनुमान गरिएको छ । त्यसैगरी लालबकैयाको बाढीको पानी पसेर ईशनाथ नगरपालिका १ बनजरहा गाउँ डुबानमा परेको छ । बनजरहाका ३० परिवार विस्थापित भएर गाउँमै आफन्तको घरमा बसिरहेका छन् । बनजरहा स्थित इलाका प्रहरी कार्यालय भवन पनि डुबानमा परेको छ । भवनको प्राङ्गणमा अहिले कम्मरसम्म पानी रहेकाले निस्कने अवस्था नरहेको सई आनन्द कुमार रायले जानकारी दिएका छन् । त्यसै गरी बसतपुर प्रहरी चौकी ब्रहमपुरी,गौर भन्सार सुरक्षा गार्ड,महादेव पटी प्रहरी पोस्ट डुबानमा छ ।
बकैया र झान्झ को पानी दुर्गा भगवती र गौर तिर आएको छ। सो क्षेत्रका केही परिवार विस्थापित भएर बागमतीको बाँधमा बसिरहेका छन् । बागमती को स्पर न. १ को मर्मत जारी छ । बागमतीको बाढीको पानीले गढीमाई न पा ६ सिगार्वन को पुल र स्पर मा क्षति भयेको छ । बैरिया गाउँ नजिक लालबकैया नदीको बाँध को मर्मत जारी छ। बाढी र वर्षाको पानीले हुलाकी सडक को बम नहर नजिक लच्का मा पानी बढेको छ। मौलापुर कलैया सडकखण्ड अन्तर्गत हरनहिया चौकभन्दा पूर्व करिब १० मिटर कालोपत्रे बगाएको छ ।
सो ठाउँमा पानीको ठुलो भेल चलिरहेकाले केही घण्टा देखि यातायात अवरुद्ध भएको स्थानीय राजकुमार यादवले जानकारी दिएका छ । रौतहटको मध्य तथा दक्षिण भेग बाट वीरगन्ज आउन जान त्यही बाटो सहज र नजिक भएकाले अहिले दर्जनौँ सवारी साधन लाइनमा बसेका छन् ।
त्यसै गरी कटहरियाघाट लालबकैया नदीको पुलभन्दा पश्चिम लचकामा पानीको बहाव तीव्र भएको कारण आवतजावत बन्द भएको छ । उता बाल्चलपुर जंगलसैया सडक खण्डमा गुजरा र झांझ नदीको लचका माथि बाट बाढीको पानी चलेको कारण आवतजावत अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पूर्वमा बागमती र पश्चिम लालबकैयाका साथै साना साना सबै खोलामा बाढी आएको छ । बागमती नदीमा यस वर्षकै बढी पानीको मापन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
अविरल वर्षा र बाढीको पानीले जिल्लाको १८ वटै स्थानीय तहका कच्ची बाटो हिलाम्मे भएको छ । जिल्लाको प्रायः सबै ग्रामीण भेगको बस्तीहरूमा पानी पसेको छ भने कुनै कुनै घर समेत डुबानमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !