आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

शनिबार, १९ असार २०७८, १९ : २०
शनिबार, १९ असार २०७८

वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका अम्बिकालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले वेलबारी नगरपालिका-७ स्थित खाली ग्वालीमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप