शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

शनिबार, १९ असार २०७८, १९ : ०२
शनिबार, १९ असार २०७८

गण्डकी प्रदेशमा थप १७३  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको १ हजार ३ जनाको नमुना परीक्षण गरिएकामा १७३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबारको तुलनामा प्रदेशमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । प्रदेशमा शुक्रबार ३७९ जनामा सङ्क्रमण देखिएको थियो ।

गण्डकी प्रदेशमा देखिएका सङ्क्रमितमध्ये ९३ पुरुष र ८० जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार नयाँ सङ्क्रमितहरूमा कास्कीमा ५७,म्याग्दी १८,पर्वत ३, गोरखा ५, लमजुङ १,तनहुँ २१, बागलुङ ४,स्याङ्जामा १९ र नवलपुरमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ७५० पुगेको छ ।

त्यसै गरी गण्डकी कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । लमजुङको सुन्दर बजार–११ की ८४ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९५९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७७  जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५२  हजार ६५४पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप