बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारसम्म हस्ताक्षर फिर्ता नभए एकता हुँदैन : ओली

शनिबार, १९ असार २०७८, १८ : १३
शनिबार, १९ असार २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, "अब एमाले अगाडि बढ्छ ।  जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?"

ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरे । "सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन," उनले भने ।

उनले भने, “मुद्दाको फैसला हुँदा सम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,ती पार्टी कार्यकर्ता होइनन् । मुद्दाको फैसला हुँदासम्म । त्यसले त एउटा कित्ताकाट त गरिसक्यो नि । यसमा कुनै भ्रम पाल्नुहुन्छ र भन्या । झुटका खेतीमा भ्रम पालेर अलमलिन हुन्छ र ?”

प्रधानमन्त्री ओलीले विगतको प्रसङ्ग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरू कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संलग्न हुनेहरू कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको बताए ।

उनले भने, “कसैले तर्क फिट्यो भने तर्क फिटाईका पछाडि जानु आवश्यक छैन । कसले कारबाही गर्‍यो ? कसले कारबाही गरेर ? फलानोको पालोमा , फलानो नाम छँदा । यी कुराहरूको केही पनि अर्थ छैन । स्पष्ट हुन जरुरी छ । जो पार्टीमा छ जो पार्टीको पक्षमा छ, पार्टीको पक्षमा बोलिरहेको छ । जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन । त्यो नेता कार्यकर्ता होइन । यति क्लियर छैन र कुरा ? पार्टीको विरोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ ? पार्टीको विरोधमा काम गरेर नेता कार्यकर्ता भइन्छ पार्टीमा ? नेता भनेको के ? नेतृत्व गर्ने मान्छे । पार्टीको पक्षमा, पार्टीको विचारको पक्षमा, पार्टीको सङ्गठनको पक्षमा, एकताको पक्षमा, पार्टीको सुदृढीकरण र विस्तारको पक्षमा छ भने पार्टीलाई वैचारिक र साङ्गठनिक हिसाबले नेतृत्व गरिरहेको छ भने पार्टीको नेता हो । पार्टीलाई ढाल्ने उद्देश्यमा सक्रिय छ भने पार्टीको नेता होइन । छद्म हो भने थाहा पाएको दिन हट्छ । खुलेआम हो भने हटेकै छ भन्ने थाहा पाए हुन्छ । ”

मान्छेबाट गल्ती हुन सक्ने र गल्तीलाई सच्याउन पनि सकिने भन्दै प्रधानमन्त्री ओलीले लामो समय सम्म पनि सच्चिन नसक्नेलाई पार्टीले आफ्नो कार्यकर्ता मान्न नसक्ने बताए । उनले भनै “सप्रिएर आउन पाइन्छ । तर सप्रिने समय हामी कोही कोहीलाई लामो बिमारी लाग्ला, निको हुन धेरै समय लाग्ला । निको हुन १० वर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ? त्यस कारण १० वर्ष पर्खाई हुन सक्तैन । ”

एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको उनेको भनाई छ । ओलीले भने, "एमाले हुनका लागि सही पनि एमाले, मै पनि एमाले हुनुपर्छ । एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने एमाले हुनै सक्दैनौँ ।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप