कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय
शनिबार, १९ असार २०७८, १९ : ३०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति तय गरेको छ । कोरोनाभाइरसका कारण देखाउँदै यसअघि महाधिवेशन स्थगित हुँदै आएकोमा शनिबार नयाँ मिति तय गरिएको हो ।
शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको छ भने सक्रिय सदस्यता वितरण भाद्र मसान्त सम्म सक्ने तय गरिएको छ ।
यसैगरी सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज ७ गतेसम्म उपलब्ध गराउने, महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गतेसम्म गरिसक्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण