कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय
शनिबार, १९ असार २०७८, १९ : ३०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति तय गरेको छ । कोरोनाभाइरसका कारण देखाउँदै यसअघि महाधिवेशन स्थगित हुँदै आएकोमा शनिबार नयाँ मिति तय गरिएको हो ।
शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको छ भने सक्रिय सदस्यता वितरण भाद्र मसान्त सम्म सक्ने तय गरिएको छ ।
यसैगरी सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज ७ गतेसम्म उपलब्ध गराउने, महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गतेसम्म गरिसक्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ