नेपाललाई ओलीको प्रश्न–जेठ २ मा फर्किँदा पनि बैठकमा किन सहभागी नभएको ?

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फर्किएपछि पनि किन बैठकमा सहभागी नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रश्न गरेका छन् । माधव नेपाल पक्षकै मागअनुरुप आफूहरु जेठ २ मा फर्किएपनि नेपाल बैठकमा सहभागी नभएको भन्दै उनले शनिबारको केन्द्रीय समिति बैठकमा आक्रोश पोखे ।
‘जेठ २ मा फर्किएपछि उहाँहरु आउनुपर्दैन ? जति गर्दा पनि जस्ताको जस्तै छ । केही पनि फरक परेको छैन ’, उनले भने । यद्यपी उनले माधव नेपाल बैठकमा नआएपनि पार्टी गतिशील ढंगले अघि बढ्ने स्पष्ट पारे ।
सो क्रममा उनले विपक्षी मोर्चा कसका विरुद्ध बनेको भन्दै प्रश्न पनि गरेका छन् । ‘विपक्षी मोर्चाका कसका लागि बनेको हो । मलाई बनाइदिनुस् त साथीहरु’, एमाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो विपक्षी मोर्चा कोभिडविरुद्ध लड्न बनाएका हुन् यिनीहरुले ? बाढीपहिरो पीडितको उद्दारका लागि हो ?’
उनले नेता घनश्याम भुसालमार्फत आफूले नेपालसँग टेलिफोनमा कुरा गरेको पनि ओलीले बताए । सो क्रममा नेपालले एकताका लागि केन्द्रीय कमिटी रोक्ने भनेपछि आफूले सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन भनेको जानकारी दिए । तर नेपालले नमानेको ओलीको भनाइ छ । ‘जसले हाम्रो पुत्ला जलाउँदै हिँडेछ, अनि उनीहरूका लागि हामीले बैठक रोक्नुपर्ने ?’ ओलीको आक्रोश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन
-
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
-
तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग
-
शनिवार यस्तो देखियो रणमैदान बनेको तीनकुने र कोटेश्वर क्षेत्र
-
मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न
-
लुम्बिनी प्रदेशका दुई औद्योगिक क्षेत्रः घोषणाको एक दशकपछि जग्गा यकिन, बल्ल सडक निर्माण सुरु