शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

शनिबार, १९ असार २०७८, १७ : १९
शनिबार, १९ असार २०७८

कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लाहरुमा धनगढी विमानस्थलबाट हवाई उडान सञ्चालन हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप