‘संविधान विपरित काम गर्न प्रदेश सरकारले केन्द्रबाट सिक्यो’
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले केन्द्र सरकारको सिको सिकेर संविधान विपरितका काम गरिरहेको आरोप लगाएका छन् ।
शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक माथि छलफल गर्ने क्रममा अवरोध गर्दै नेता बानियाँले प्रदेश सरकारले संसद् र सांसदहरुलाई झुक्याउनलाई बजेट कार्यक्रम विवरणको पुस्तक २ प्रकारको प्रकाशन गरी संघीय सरकारको सिको सिकेको प्रमाणित भएको बताए ।
बजेटलाई प्रोभिन्सीयल लाइन मिनिष्ट्र बजेट इन्फरमेशन सिष्टम (पी.एल.एम.बी.आई.एस) मा प्रविष्ट नै नगरी २ प्रकारको पुस्तकको प्रकाशन गरी वितरण गर्नुले संसद्लाई नै लज्जित बनाएको उनले बताए ।
सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्नमा नै व्यस्त रहेको उनको भनाइ छ ।
जनता विपद्को पिडामा रहेको बखत सरकारले त्यसतर्फ गैरजिम्मेवारपन देखाएको भन्दै सरकारले नसकेको हो भने आफुले त्यसको नेतृत्व लिएर विपद् व्यवस्थापनको काम गर्ने उनको भनाई छ ।
प्रदेश सरकारले मिडिया हाउस संचालन गर्ने निर्णय गरेर लोकतन्त्रको धज्जी उडाएको पनि उनको भनाई छ । यस निर्णयको तत्काल खारेजीको माग समेत उनले गरे ।
सरकार विद्युतिय बस खरिद प्रक्रियालाई तत्काल नरोके बजेटमाथिको छलफल हुन नदिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण