बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘संविधान विपरित काम गर्न प्रदेश सरकारले केन्द्रबाट सिक्यो’

शनिबार, १९ असार २०७८, १६ : ५३
शनिबार, १९ असार २०७८

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले केन्द्र सरकारको सिको सिकेर संविधान विपरितका काम गरिरहेको आरोप लगाएका छन् । 
शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक माथि छलफल गर्ने क्रममा अवरोध गर्दै नेता बानियाँले प्रदेश सरकारले संसद् र सांसदहरुलाई झुक्याउनलाई बजेट कार्यक्रम विवरणको पुस्तक २ प्रकारको प्रकाशन गरी संघीय सरकारको सिको सिकेको प्रमाणित भएको बताए  । 

बजेटलाई प्रोभिन्सीयल लाइन मिनिष्ट्र बजेट इन्फरमेशन सिष्टम (पी.एल.एम.बी.आई.एस) मा प्रविष्ट नै नगरी २ प्रकारको पुस्तकको प्रकाशन गरी वितरण गर्नुले संसद्लाई नै लज्जित बनाएको उनले बताए ।
सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्नमा नै व्यस्त रहेको उनको भनाइ छ । 
जनता विपद्को पिडामा रहेको बखत सरकारले त्यसतर्फ गैरजिम्मेवारपन देखाएको भन्दै सरकारले नसकेको हो भने आफुले त्यसको नेतृत्व लिएर विपद् व्यवस्थापनको काम गर्ने उनको भनाई छ ।

प्रदेश सरकारले मिडिया हाउस संचालन गर्ने निर्णय गरेर लोकतन्त्रको धज्जी उडाएको पनि उनको भनाई छ । यस निर्णयको तत्काल खारेजीको माग समेत उनले गरे ।
सरकार विद्युतिय बस खरिद प्रक्रियालाई तत्काल नरोके बजेटमाथिको छलफल हुन नदिने उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप