एमाले केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु, तस्बिरमा हेर्नुहोस्
शनिबार, १९ असार २०७८, १५ : ४५

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै पौने ४ बजेदेखि बैठक सुरु भएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने जानकारी दिए ।
‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन । त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढ्छ,’ उनले भने ।
महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने सहभागिता रहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला