ओली–माधव फोनवार्ता, ‘समिट टु बालुवाटार’ दौडधुप
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार लामो टेलिफोन कुराकानी भयो । शीर्ष तहको कुराकानीपछि दुबै समूहका ६ जना नेताहरु ललितपुरको समिट होटलमा वार्तामा जुटे । त्यसपछि ६ भाइको वार्ताको सन्देश बोकेर सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल बालुवाटार छिरे ।
टेलिफोन कुराकानीमा बरिष्ठ नेता नेपालले सहमति जुटाऔं, परिस्थितिलाई सुधारौं र पार्टीलाई सम्हालौँ भन्ने प्रस्ताव राखेका थिए ।
जवाफमा अध्यक्ष ओलीले ‘मैले पनि त कहाँ बिगार्न खोज्याछु र’ भनेका थिए । स्रोतका अनुसार दुई नेताबीच शनिबार फोनमा लामै कुराकानी भएको थियो । त्यसपछि दोस्रो तहका नेताहरुलाई समाधानको उपाय खोज्न लगाउने दुबै नेताबीच सहमति जुटेको छ ।
ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए ।
शुक्रबार बालुवाटारमा बसेको ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठकले माधव नेपाल समूहलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन तीन दिनको अल्टिमेटम दिएको विषयमा समिट होटलमा कुराकानी भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
देउवाको समर्थनमा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर तीन दिनभित्र फिर्ता लिन ओली पक्षले माधव नेपाल पक्षलाई शुक्रबार नै अल्टिमेटम दिइसकेको छ ।
माधव नेपाल पक्षका नेताहरुले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने बताउँदै यसबारे सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्नुपर्ने अडान राखेका छन् । यसबारे ‘केपी ओलीसँग कुरा गर्छौं’ भन्दै ओली पक्षका तीन नेता समिट होटलबाट बाहिरिएका छन् ।
हस्ताक्षर फिर्तालाई सहमतिको पूर्वशर्त नबनाउन शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु सहमति देखिएको र अब उनीहरुले यसमा अध्यक्ष ओलीलाई कन्भिन्स गर्ने समिट होटलमा समझदारी बनेको एक नेताले दाबी गरे ।
शुक्रबारदेखि सुरु भएको केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बालुवाटारमा जारी छ ।
ओली पक्षले हस्ताक्षर फिर्तालाई पार्टी एकताको पहिलो शर्त बनाएको छ भने माधव पक्षले चाहिँ हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताउँदै जेठ २ को संरचनामा केन्द्रीय कमिटीको बैठक बस्नुपूर्व प्याकेजमा हुनुपर्ने अडान राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण