संस्मरण

​गिरिजाबाबुसँगको पहिलो भेट, संक्रमणकालको भित्रीकथा

person explore access_timeअसार १९, २०७८ chat_bubble_outline0

हामीले जनयुद्ध सुरु गरेको ५ बर्ष नपुग्दै सबै राजनीतिक नेताहरुसँग वार्ता र संवादको प्रकृया सुरु गरेका थियौं । स्वभावैले पहिलो कुराकानी कम्युनिष्ट नेताहरुसँग नै हुने परिवेश थियो र त्यहीअनुसार नै हामीले कुरा ग-यौं । चाहे त्यो सिलगुडीमा होस् चाहे लखनउमा होस् । चाहे पटनामा होस्, चाहे देशभित्रै होस् । हाम्रो त्यतिबेलाको एउटै कुरा हुन्थ्यो, यदि युद्धलाई शान्तिमा बदल्ने हो भने संविधान सभाको निर्वाचन हुनुप¥यो । देशलाई गणतन्त्रसम्म लैजाने प्रतिवद्धतामा हामी सबै एक ठाउँमा उभिन प-यो ।

हामीले सुरु गरेको आन्दोलनका विरुद्ध सेना परिचालन गर्ने कि नगर्ने भन्ने एउटा निकै ठूलो बहस भएको थियो । सरकारका तर्फबाट र राजा वीरेन्द्रका तर्फबाट आउने अभिव्यक्तिहरु फरक–फरक आएको हामीले देख्थ्यौं । कहीँ न कहीँ राजा वीरेन्द्रले नेपाली नेपालीका विरुद्ध सेना परिचालन गरिहाल्न हुँदैन भन्नेखालको भावना राखेको हामीले संकेत पायौं । त्यसपछि काठमाडौंमा काम गर्ने हाम्रा केन्द्रीय सदस्यहरुमार्फत हामीले (राजासँग) सम्पर्क बनाउने कोशिस ग-यौं । त्यो सम्पर्क सुत्र मुख्यतः धीरेन्द्रमार्फत भयो ।  धीरेन्द्रसँग पटक–पटक हाम्रा केन्द्रीय सदस्यहरुको कुरा भएको र धीरेन्द्रले वीरेन्द्रसँग कुरा गरेर वीरेन्द्रको कुरा हामीसम्म ल्याइपु-याउने काम तिनै केन्द्रीय सदस्यमार्फत भएको थियो ।

एउटा बिन्दुमा वीरेन्द्रले मलाई पनि भेट्न चाहेको कुराको सूचना मलाई प्राप्त भएपछि कसरी भेट्ने, काठमाडौंमा भेट्न कति सजिलो हुन्छ ? या बाहिर कसरी भेट्ने भन्नेबारेमा चर्चा हुँदै नै थियो । वीरेन्द्रसँग सिधैँ हाम्रो कुरा भएको होइन । हाम्रा अन्य केन्द्रीय सदस्यमार्फत धीरेन्द्र हुँदै वीरेन्द्रसम्म अप्रत्यक्ष कुराकानी भएकै थियो । त्यतिबेला यहाँको जिम्मा हाम्रो कृष्णध्वज खड्कालाई थियो । कृष्णध्वज खड्कामार्फत नै हाम्रो कुराकानी चलेको थियो । तर, दरबार हत्याकाण्ड भयो ।

गिरिजाबाबुसँग नेपालका कम्युनिष्टहरुको वैचारिक, राजनीतिक र व्यवहारिकरुपले पनि दुरी र तिक्तता निकै चर्को थियो । कम्युनिष्टप्रति गिरिजाबाबुको धारणा असाध्यै तीतो र नकारात्मक नै हुने गथ्र्यो । तर, जब देशको राजनीतिमा एउटा नयाँ तरंगहरु पैदा भयो, खासगरी जनयुद्धले एउटा ठूलो शक्ति सञ्चय ग-यो, राजनीतिक बहस पनि सृष्टि ग-यो र परिस्थितिमाथि आन्दोलनको जबरजस्त दबाब बढ्दै गैसकेपछि गिरिजाबाबु पनि अब नयाँ ढंगले सोच्नुपर्छ भन्ने ठाउँमा आइपुग्नुभयो ।

सायद, दरबार हत्याकाण्डको पनि त्यसमा असर छ भन्ने लाग्छ । उहाँ पनि र हामी पनि अब संवादको बाटोबाट जानुपर्छ, छलफल र बहसबाट नै समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्छ भन्ने निष्कर्षमा आइपुगेपछि गिरिजाबाबुसँग वार्ता, संवाद भयो । त्यो संवादपछि निरन्तर अगाडि बढियो ।

पहिलोपटक गिरिजाबाबुसँग मेरो भेट हुँदा त्यो तालमेल मिलाइदिने, वातावरण मिलाउने मुख्य पात्र भनेकै चक्र बास्तोला हुनुहुन्थ्यो । हामी दिल्लीमा भेटेको हो । म अहिले पनि त्यो घर, कोठा, बसेको ठाउँ सबै सम्झिराखेको छु ।

चक्र बास्तोलाको भूमिका निकै सकारात्मक, रचनात्मक रहेको थियो । उहाँमा अब देशलाई शान्तितिर लैजानुपर्छ भनेर गिरिजाबाबुलाई पनि प्रभावित पार्न सक्ने क्षमता, हैसियत देखियो । त्यो सबै उहाँले प्रयोग गरेको म पाउँथे । उहाँ नै मुख्य पात्र हुुनुहुन्थ्यो वातावरण बनाउने । शान्ति प्रकृयाको वातावरण बनाउने कुरामा चक्रजी नै मुख्य पात्र हुनुहुन्थ्यो ।

हामी त भुमिगत थियौं । त्यहाँ, दिल्लीमा पनि हामी भुमिगतरुपले नै बस्थ्यौं । धेरै गाडी चेञ्ज गरेर, धेरै रुटहरु चेञ्ज गरेर हामी त्यहाँ पुगेका थियौं । हामी पुग्नुभन्दा अगाडि नै गिरिजाबाबु, चक्रजी र अर्को एकजना (गोकर्ण पौडेल) पहिल्यै पुगेर बसिराख्नुभएको थियो । म र बाबुराम, त्यतिबेलाको माओबादी पार्टीको तर्फबाट हामी दुईजना गएका थियौं । 

एउटा बिन्दुमा वीरेन्द्रले मलाई पनि भेट्न चाहेको कुराको सूचना मलाई प्राप्त भएपछि कसरी भेट्ने, काठमाडौंमा भेट्न कति सजिलो हुन्छ ? या बाहिर कसरी भेट्ने भन्नेबारेमा चर्चा हुँदै नै थियो । वीरेन्द्रसँग सिधैँ हाम्रो कुरा भएको होइन । हाम्रा अन्य केन्द्रीय सदस्यमार्फत धीरेन्द्र हुँदै वीरेन्द्रसम्म अप्रत्यक्ष कुराकानी भएकै थियो । त्यतिबेला यहाँको जिम्मा हाम्रो कृष्णध्वज खड्कालाई थियो । कृष्णध्वज खड्कामार्फत नै हाम्रो कुराकानी चलेको थियो । तर, दरबार हत्याकाण्ड भयो ।

मैले त गिरिजाबाबुसँग सँगै बसेर कुरा गरेको पनि थिइनँ । २०४६ सालको आन्दोलनपछि हामी संसदमा भए पनि गिरिजाबाबुसँग आमने –सामने मेरो कुरा भएको थिएन । पहिलो कुराकानी त्यतिबेलै हो । चक्रजीसँग त्योभन्दा अगाडि पनि मेरो कुराकानी हुने गथ्र्यो । त्यो नाताले पनि वातावरण बन्न सहज भयो ।

गिरिजाबाबु त्यतिबेला चेन स्मोकर हुनुहुँदोरहेछ, चुरोट खाएको खायै । बुढो मान्छेले यति सिग्रेट खाएको देखें । म पनि त्योबेला सिग्रेट पिउँथें । मलाई लागेको थियो, बुढो मान्छेले पक्कै पिउनुहुन्न होला । मैले पो किन पिउनु र भनेर सिग्रेट नलिइकन गएको थिएँ । उहाँले पिएको पियै देखेर मैले पनि उहाँको बट्टाबाट सिग्रेट झिकेर खाएको म सम्झन्छु ।

गिरिजाबाबुको लामो कुरा गर्ने बानी रहेनछ । छोटोमा, तपाईहरु शान्ति प्रकृयामा आउने हो कि होइन ? साँच्चै आउने हो कि होइन ? भन्नुभयो । अनि मैले हामी त साँच्चै आउने हो, तपाईहरु गणतन्त्रमा जाने हो कि होइन ? भनेर सोधेको थिएँ । उहाँले भन्नुभयो, गणतन्त्रमा जाने हो, तर अहिल्यै नै गणतन्त्र भन्यो भने वातावरण झन बिग्रन्छ । त्यसकारण, अहिलेलाई हामी पूर्ण लोकतन्त्र भनेर जाउँ, पछि गणतन्त्रमा जाने हो भनेपछि हामीबीचको कुरा निकै सकारात्मक भएको थियो । गिरिजाबाबुसँग एकछिन कुरा भयो । मोटामोटी कुरा मिल्यो । कुरा मिलेपछि उहाँ निस्कनुभयो ।

चक्रजीसँग हाम्रो कुरा साथीको जस्तो हुने, गिरिजाबाबु अलि अभिभावकजस्तो, त्यसकारण सबै कुरा खुलेर गर्न गाह्रो हुन्थ्यो । चक्रजीसँग खुलेर कुरा हुन्थ्यो । उहाँसँग साथीजस्तो गरी अब के गरी वातावरण बनाउने, कसरी देशलाई संविधान सभातिर लैजाने, लैजान सकिन्छ कि सकिँदैन, गणतन्त्रसम्म देश पुग्ला कि नपुग्ला, भन्नेबारेमा खुलेर कुरा हुन्थ्यो । त्यो दिन पनि गिरिजाबाबु गैसकेपछि चक्रजीसँग यी सबैबारे बडो हार्दिक ढंगले कुराकानीहरु भए । र, निकै उत्साहित भएर हामी फर्कियौं ।

पहिलो भेटमा (गिरिजाबाबुसँग) हामी एउटा कम्पाउन्डवाला घरमा गएका थियौं । चारैतिर कम्पाउन्ड थियो र गाडी चेञ्ज गर्दै, विभिन्न ठाउँ हुँदै हामी घुमेर त्यहाँ पुगेका थियौं । गिरिजाबाबु आफ्नो ढंगले त्यहाँ पुगिसक्नुभएको थियो । त्यो कम्पाउन्डभित्र मन्दिर पनि भएजस्तो लाग्छ । अहिले म यकिन ठ्याक्कै भन्न सकिराखेको छैन । त्यहाँभित्र सानो–सानो मन्दिर पनि थियो जस्तो लाग्छ ।

अर्को (दोस्रो) मिटिङ्गमा पनि पहिला गिरिजाबाबु पुग्नुभयो । अनि बाबुराम र म केही समयपछि पुगेका थियौं । हाम्रो आफ्नै भूमिगत तरिका थियो । हाम्रो आफ्नै नेटवर्क थियो, त्यहाँ । त्यो नेटवर्क प्रयोग गरेर हामी गयौं ।

गिरिजाबाबु बसेको ठाउँ (होटल) मा हामी कहिल्यै पनि गएनौं । नयाँ–नयाँ ठाउँहरुको खोजी गरिन्थ्यो । कोही हाम्रा समर्थकहरुका घरमा, जो १२ बुँदे समझदारीमा अन्तिम सहमति भयो, त्यो हाम्रो माओवादी समर्थकको घरमा भएको थियो दिल्लीमा । होटलमा, कहीँकतै होइन । जति पनि हामीले भेटहरु ग¥यौं, या त समर्थकहरुको घरमा गरिएको थियो, या त गिरिजाबाबुले विश्वास गरेको कुनै मान्छे बसेको ठाउँमा भेट गरिन्थ्यो । गिरिजाबाबु बसेको होटलमा जानु हाम्रा लागि खतरामुक्त थिएन ।

मलाई लाग्छ, गिरिजाबाबुसँग भएको पहिलो कुराकानी र चक्रजीले खेलेको सहजीकरणको भुमिकाले शान्तिप्रकृयामा आउन निकै ठूलो वातावरण बनायो । पछि फेरि गिरिजाबाबुसँग जसरी देशका महत्वपूर्ण राजनीतिक मुद्दाहरु टुंग्याउनका निम्ति बडो सहज ढंगले हामी सहमतिमा पुग्ने ग¥यौं । त्यो यदि गिरिजा आफंै पनि निर्णय लिने कुरामा आँट गर्ने मान्छे नभएको भए, या आफैं पनि हिजो इतिहासका थुप्रै अनुभवबाट नगुज्रिएको भए र म पनि त्यस्तो अनुभवबाट हण्डर–ठक्कर नखाएको भए सायद गाह्रो हुन्थ्यो ।

त्यसकारण त्यो हाम्रो इतिहासले, चाहे गिरिजाबाबुको अथवा नेपाली काँग्रेसको इतिहासले पनि र मेरो र हाम्रो माओवादीको त्यतिबेलाको इतिहासले पनि हामीलाई मद्दतै ग¥यो । गिरिजाबाबु र हाम्रोबीचमा राम्रो समझदारी भएर मात्रै देशमा शान्ति, स्थिरता र एउटा नयाँ वातावरण, परिवर्तन ल्याउन सकिन्छ भन्ने थियो ।

त्यतिबेला हाम्रोतर्फबाट अलि बढी पहिलोचोटि वार्तामा आउनुभएको र अर्कोपटक पनि वार्तामा बस्नुभएको कृष्णबहादुर महरा हुुनुहुन्छ । उहाँमार्फत कुराकानी भैराखेको थियो । दरबारसँग पनि विभिन्नरुपमा कुराकानी भैराखेको थियो । त्यो कुराकानीको वातावरण बनाउने विभिन्न पात्रसँग महराजीको भएको छलफलको रिपोर्ट मलाई उहाँले दिनदिनैजस्तो गर्नुहुन्थ्यो ।

एकपटक ढोरपाटनमा हेलिकप्टर लिएर ज्ञानेन्द्र जाने र म पनि त्यहाँ पुग्ने र कुरा गर्ने भन्नेचाहिँ भयो । तर, व्यवहारिकरुपमा त्यो कहिल्यै पनि आएन । ठोस वार्ता हुनेखालको वातावरण नबनेपछि हामीले पनि त्यसलाई छोड्यौं र पार्टीहरुसँगकै संवादलाई अगाडि बढायौं ।

शेरबहादुरजी एकपटक प्रधानमन्त्री हुँदा, पहिला अयोग्य भनेर ज्ञानेन्द्रले फाले । अर्कोपटक फेरि त्यही अयोग्यलाई प्रधानमन्त्री बनाए । त्योबेलामा मैले एउटा वक्तव्य जारी गरेको थिएँ । अब नोकरहरुसँग कुरा गरेर केही अर्थ भएन, मालिकसँग नै कुरा गर्नपर्यो । त्योबेलामा मालिक भनेको ज्ञानेन्द्र नै थिए । उनैले प्रधानमन्त्री बनाउने÷फाल्ने गर्थे । त्यो परिस्थिति थियो । मैले त्यतिचाहिँ वक्तव्य मार्फत भनेको हो । तर, ज्ञानेन्द्रसँग मिलेर काँग्रेसका नेताहरुलाई या त्यतिबेलाका एमालेका नेताहरुलाई जेल हाल्ने हामीले कहिल्यै कल्पनै गरेनौं । किनकि, शान्तिको वातावरण बनाउनका लागि, संविधानसभाको चुनावको वातावरण बनाउनका लागि र गणतन्त्रको वातावरण बनाउनका लागि एमालेका नेताहरुसँग पनि, काँग्रेसका नेताहरुसँग पनि हाम्रो लगातार कुराकानी भैराखेको थियो । त्यसकारण, राजासँग मिलेर पार्टीहरुमाथि कुनैखालको दबाव दिने कुरा मेरो दिमागले कहिल्यै कल्पना पनि गरेन ।

एकपटक ढोरपाटनमा हेलिकप्टर लिएर ज्ञानेन्द्र जाने र म पनि त्यहाँ पुग्ने र कुरा गर्ने भन्नेचाहिँ भयो । तर, व्यवहारिकरुपमा त्यो कहिल्यै पनि आएन । ठोस वार्ता हुनेखालको वातावरण नबनेपछि हामीले पनि त्यसलाई छोड्यौं र पार्टीहरुसँगकै संवादलाई अगाडि बढायौं ।

ज्ञानेन्द्रसँग कुरा हाम्रो केही पनि भएको थिएन । तर, ज्ञानेन्द्रले पनि वार्ताको वातावरण बनाउन खोजेका छन् भन्ने कुरा बाहिर आइराखेको थियो । मिडियाहरुमा त्यो कुरा आइराखेको हुन्थ्यो । सायद ज्ञानेन्द्रले एक स्टेप पछाडि हटेर अब वार्ताको वातावरण बनाउँछन् कि भनेजस्तो हामीलाई लागेको थियो । तर, माघ १९ गते उनको वक्तव्य जुन आयो, रेडियोबाट मैले आफैंले सुनें । त्यो वक्तव्य आइसकेपछि यी मान्छे न शान्तिको पक्षमा छन्, न वार्ताको पक्षमा छन्, सब बेइमानी र जालझेलबाहेक यिनले केही पनि गर्दारहेनछन् भन्ने भएपछि तुरुन्तै मैले वक्तव्य ड्राफ्ट गरें । उनको भण्डाफोर गरेर हामी अझ चर्को, सशक्त ढंगले अगाडि जानुको विकल्प छैन, राजनीतिक दलहरु अब आपसमा संवादलाई तिव्रता दिनुपर्छ भनेको थिएँ ।

माघ १९ को कदम नभएर यदि गम्भीर र जिम्मेवारीपूर्ण ढंगले ज्ञानेन्द्रले वार्ताको वातावरण बनाएको भए राष्ट्रिय राजनीतिक सहमतिको वातावरण बन्न सक्थ्यो । यद्यपि हाम्रो बटमलाइन संविधानसभा नै भन्ने थियो । जनताले बनाएको संविधान भन्ने नै थियो । हाम्रो बटमलाइन गणतन्त्र नै थियो ।

तर, राजासँगै बसेर राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले, माओवादीलगायत सबै राजनीतिक दल र राजासमेत बसेर निकास ल्याउन सकिन्छ भनेर कैयौं छलफल हुन सक्थे । तर, यी सबै कुरा त अब हाइपोथेसिस भए । यी काल्पनिक कुरा भए ।

जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो । हामी त भुमिगत नै थियौं । हामी युद्धमै थियौं । हामी फौजी आक्रमण र राजनीतिक आक्रमण दुईटै भन्थ्यौं त्यतिबेला । र, सात राजनीतिक दल शान्तिपूर्ण आन्दोलनको स्थितिमै थिए । जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो, देशभरि जनतामा एउटा उत्साहको सन्देश त गइ नै हाल्यो ।  अब शान्ति पनि हुन्छ, अब परिवर्तन हुन्छ भन्ने रक्तसञ्चार र आत्मविश्वास जनतालाई भयो । किनभने, ग्रामीण इलाका करिब– करिब हाम्रो कन्ट्रोलमा थियो । देशैभरि यो कुरा सबैले मानेकै कुरा हो । हामीले देशभरिका जनता, कार्यकर्ताहरुमा सर्कुलर गरेका थियौं कि काठमाडौंको प्रदर्शनमा अब सक्रियतापूर्वक सहभागी हुने ।

हाम्रा लागि र देशका लागि पनि १२ बुँदे समझदारी धेरै दुरगामी महत्वको परिघटना हो । यसलाई सफल पार्नैपर्छ र त्यहाँ हाम्रो समझदारी हुँदा गिरिजाबाबुसँग पनि त्यतिबेला माधव नेपाल तत्कालीन नेकपा एमालेको महासचिव हुनुहुन्थ्यो, उहाँसँग पनि कुरा हुँदाखेरि हाम्रो के थियो भने हामीले फौजी कारबाही गरिराख्ने । त्यो फौजी कारबाहीलाई मद्दत हुने ढंगले सात राजनीतिक दलहरुले आन्दोलनको कार्यक्रमहरु बनाएर लैजाने । सात राजनीतिक दलको आन्दोलनमा हामीले आमरुपमा कार्यकर्ता र जनता पनि पठाउने र एकअर्कामा तालमेल गर्ने भन्ने भएकै थियो । त्यसकारण पहिला पनि आन्दोलनको कुरा त सात राजनीतिक दलले गर्दाखेरि के थियो स्थिति भन्ने कुरा र १२ बुँदे समझदारी र माओवादी पनि आन्दोलनमा सँगसँगै सहभागी भयो भनेपछि के भयो भन्ने कुरा त यो दुनियाँले देखेको कुरा हो । यसमा माओवादीको के थियो भन्नैपर्छ जस्तो लाग्दैन । स्वतः त्यसले एउटा गुणात्मकता ल्यायो ।

मेरो र गिरिजाबाबुको प्रायः बिहान र बेलुका दैनिक फोनमा कुराकानी हुन्थ्यो । म नेपाल भएका बेलामा, रुकुम–रोल्पामा भएको बेलामा गिरिजाबाबुलाई फोन गर्न स्याटेलाइट फोन प्रयोग गर्थें । दिल्लीमा भुमिगत भएका बेलामा टेलिफोनबाट नै कुराकानी गर्थें । बिहान–बेलुका नै कुरा हुन्थ्यो । हामीले फौजी आक्रमण यहाँ–यहाँ गर्दैछौं, यो–यो ठाउँमा हाम्रो हमला हुन्छ भनेर मैले भन्ने गर्थें ।

सर्लाहीको सदरमुकाममा हमला हुँदैछ भन्ने कुरा भनेको छु । तौलिहवामा हमला हुँदैछ, पाल्पामा यसरी हमला हुँदैछ भन्ने कुरा मैले सबै गिरिजाबाबुलाई रिपोर्ट गरिराखेको हुन्थें । माधवजीलाई रिपोर्ट गरिराखेको हुन्थें । उहाँहरुले आन्दोलनका कार्यक्रमका बारेमा आज यो, भोलि यो भन्ने कुरा पनि भनिराख्नुहुन्थ्यो । त्यसकारण नेपालमा यो एउटा विचित्रको भएको हो । यस्तो संसारमा कमै हुन्छ । शान्तिपूर्ण आन्दोलन र युद्ध सँगसँगै मिलेर, तालमेल गरेर गर्ने भनेको यो संसारमा विरलै देख्न पाइन्छ । यो हिम्मतचाहिँ गिरिजाबाबुले गरेकै हो । सात राजनीतिक दलहरुले पनि गरेकै हो । त्यसैले यो परिवर्तन, वास्तवमा संविधान सभा पनि सम्भव तुल्यायो । गणतन्त्र पनि सम्भव तुल्यायो र आजको परिस्थितिसम्म आयो ।

जब बैशाख ८ गते (२०६३ साल) झण्डै–झण्डै राजनीतिक दल र राजा मिल्ने हुन् कि भनेजस्तो स्थिति देखा पर्न खोजेको थियो । कतिपय नेताहरुमा ‘भयो यति भएपछि’ भन्नेखालको पनि थियो । तर, मैले ८ गते बिहान नै त्यो हुन खोजेको सम्झौताको भण्डाफोर गरेर आन्दोलन जारी राख्नुपर्छ भन्ने वक्तव्य दिएको थिएँ । गिरिजाबाबु र माधव नेपालसँग कुरा गरिसकेको थिएँ । आन्दोलन जारी राख्नुपर्छ, नत्र बर्बाद हुन्छ भन्ने कुरा भैराखेको थियो ।

यद्यपि भारतका करण सिंह आएर राजासँग राजनीतिक दललाई सम्झौता गराउने लगातार कोशिस भैराखेको थियो । त्यसको विरोधमा हामी थियौं । गिरिजाबाबु पनि र तात्कालीन एमालेका नेता माधव नेपाल पनि आन्दोलन जारी राख्ने भन्नेमा गएपछि आन्दोलन जारी भयो र बैशाख ११ गते फेरि एउटा नयाँ ठाउँमा गएर सम्झौता भयो ।

यद्यपि हामी भुमिगत र विद्रोही शक्ति भएको हुनाले बैशाख ११ को महान उपलब्धी भनेर त हामीले भनेनौं । यो पनि नगरे हुन्थ्यो, सिधैं एकैचोटि गणतन्त्रमा गए हुन्थ्यो भन्ने त हाम्रो थियो । तर, जे भए पनि धेरै माथिको उपलब्धीमा त देश गइ नै सकेको थियो । त्योबीचमा गिरिजाबाबुसँग मेरो लगातार कुरा भैराखेको थियो ।

गिरिजाबाबु नै प्रधानमन्त्री भएर आउनुभयो । त्यसो भएपछि मलाई धेरै सजिलो भयो । १२ बुँदे समझदारी भैसकेको थियो । शान्ति प्रकृयातिर अगाडि बढ्ने कुरा भैसकेको थियो । त्यसकारण अब मलाई खतरा छैन भन्नेमा म पुगेकै थिएँ । हाम्रो टिम र म खतरामा छैनौं भनेपछि रक्सौल र वीरगञ्जको बाटो हुँदै मकवानपुरको एउटा गाउँमा आएर बसेको थिएँ । त्यही गाउँमा हाम्रो पार्टीको बैठक पनि भयो । भेला पनि भयो । अब कसरी जाने भन्ने कुरा पनि भयो ।

भारतका करण सिंह आएर राजासँग राजनीतिक दललाई सम्झौता गराउने लगातार कोशिस भैराखेको थियो । त्यसको विरोधमा हामी थियौं । गिरिजाबाबु पनि र तात्कालीन एमालेका नेता माधव नेपाल पनि आन्दोलन जारी राख्ने भन्नेमा गएपछि आन्दोलन जारी भयो र बैशाख ११ गते फेरि एउटा नयाँ ठाउँमा गएर सम्झौता भयो ।

त्यो बैठक सकेर म चितवन आएँ । चितवन आउँदाखेरि मेरा इन्टरभ्यूहरु पनि आए । मैले पहिलोपटक चितवनमा कान्तिपुरलाई र अर्को एउटालाई इन्टरभ्यू दिएँ । त्यहाँबाट हेलिकप्टरबाट म सिक्लेस गएँ । त्यहाँ हाम्रो ठूलो राष्ट्रिय भेला थियो, त्योभेलालाई सम्बोधन गर्न म सिकलेस गएँ । सिकलेस जाने क्रममा पनि गिरिजाबाबुसँग मेरो कुरा भैराखेको थियो । पुगिसकेपछि पनि कुरा भएको थियो । त्यहाँ अन्तिम वार्ताका लागि आउने वातावरण बनाउन सिकलेस नै आउनुपर्यो भनेर मैले गिरिजाबाबुलाई भनें ।

सिटौलाजी र शेखरजी पनि हुनुहुन्थ्यो क्यारे, उहाँहरु दुईजना हेलिकप्टर लिएर सिकलेस आउनुभयो । हाम्रो एकछिन कुरा भयो । हामी त्यहाँ प्रशिक्षणमै थियौं । कुराकानी पछि ल हामी काठमाडौं जाने भन्ने सहमति भयो । तर, काठमाडौं आज जान सकिदैँन, हाम्रो बैठक भोलि सकिन्छ, त्यसपछि पर्सि भनेर २ गते काठमाडौं आउने कार्यक्रम बनाइयो । पर्सिपल्ट फेरि हेलिकप्टर लिएर पोखरा आउनुभयो । हामी सिकलेसबाट पोखरा झरिसकेका थियौं । त्यहाँबाट काठमाडौं, बालुवाटार आएर दिनभर त्यहाँ बैठक बसेर ८ बुँदे सहमति भयो र सहमतिपछि शान्ति प्रकृया अगाडि बढ्यो ।

साँच्चै भन्ने हो भने मलाई यो सपना हो कि विपना हो भनेजस्तो झिलिमिली झिलिमिली, अलि रोमाञ्चकारी जस्तो पनि भयो । के हुँदैछ भनेजस्तो । रमाइलो पनि, उत्साह पनि । कता–कता एकखालको असहज लागेजस्तो फिलिङ पनि हुँदैहुँदै बसेको थिएँ । जे भए पनि त्यो ऐतिहासिक थियो । दुरगामी थियो । रोमाञ्चकारी थियो । इतिहास निर्माणको दिन थियो त्यो ।

संबिधान सभाको चुनाव अगाडि नै देश गणतन्त्रमा जाने ग्यारेन्टी राजनैतिक नेतृत्वले गरोस् भन्ने हामी चाहन्थ्यौं । तर, देश गणतन्त्रमा नजाओस् भन्ने चाहनेहरुले संविधान सभा नहोस् भन्ने चाहन्थे । एकदम प्रष्टै थियो त्यो । जसलाई गणतन्त्रप्रति विश्वास र आस्था थिएन, उनीहरु संबिधान सभा नहोस् भन्ने चाहन्थे । किनभने संविधान सभा भयो भने देश गणतन्त्रमा गैहाल्छ भन्ने भएको हुनाले संविधान सभा रोक्ने र अनेक तरिकाले त्यसलाई फेल गर्ने कोशिस कसरत भएकै थियो । यहाँनेर इतिहासका कति राम्रा, कति नराम्रा, त्यो विश्लेषण त अलग्गै छ । तर, गिरिजाप्रसाद कोइरालाचाहिँ पटक्कै धुर्मुराउनुभएन । उहाँ त्यहाँसम्म गएरै छाड्ने भन्नेमा दृढ भएको हुनाले र मैले मेरो बटमलाइन यही हो भनेको हुनाले यो चिज अगाडि बढ्यो ।

अप्ठ्यारा त थिए, तर त्यतिबेला म के सम्झिन्छु भने विशेष अधिवेशन बोलाइएको थियो अन्तरिम संसदको । विशेष अधिवेशन बोलाएर गणतन्त्रसम्बन्धी प्रस्ताव पारित गर्न लगिएको थियो । हामी पहिलो संबिधानसभाको पहिलो बैठकबाट गणतन्त्रमा जाने भन्ने चाहिँ पहिल्यै अन्तरिम संसदबाट पारित गराइयो । त्यो पारित गराएपछि हामी ढुक्क भयौं, अब गणतन्त्रबाट दायाँ–बायाँ हुँदैन । त्यति नै बेला गणतन्त्रमा जाने भन्ने अन्तरिम संसदले प्रस्ताव पारित गरिसकेपछि राजतन्त्रवादीहरु एकदम उत्तेजित भए । मलाई अलि बढी आक्रमण पनि भैराखेको थियो । बढी अड्डी कसेर गणतन्त्रमा नलगी नछोड्ने भनेको हुनाले ममाथि भौतिक हमला गर्ने कोशिस पनि भयो । त्यतिबेला सिराहामा झण्डै–झण्डै थोरै थोरैले मात्रै बचियो । मसँग भएको प्रहरीले हतियारवालालाई गिरफ्तार नगरेको भए त्यो दिन ठूलै दुर्घटना हुन सक्ने स्थिति थियो । संविधानसभा भन्दा अगाडि त्यस्ता प्रयासहरु पनि भए । तर, सबै प्रयासहरु अन्ततः असफल भए र देशले गति लियो ।

चुनाव नजिकै आउँदै जाँदा माहोल माओवादीका पक्षमा बन्दै गएकै थियो । गिरिजाबाबुलाई के कुराको अनुभूति भएकै थियो भने काँग्रेसले चुनाव जित्दैन । माओवादीले कति ल्याउँछ भन्ने सूचना त उहाँलाई के कति थियो, मलाई थाहा भएन । तर, जे होस् काँग्रेस चुनावमा बहुमतमा या ठुलो पार्टी भएर आउँदैन भन्ने उहाँलाई थाहा थियो । तर, पनि चुनाव गर्नैपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो । कतिपय काँग्रेस नेताहरुले चुनाव नगराउन प्रेसर पनि गिरिजाबाबुलाई हालेका थिए, त्यो पनि मैले थाहा पाएको थिएँ । तर, गिरिजाबाबु यो शान्तिप्रकृया जसरी पनि सफल पार्नुपर्छ, संबिधान जसरी पनि बनाउनुपर्छ र त्यसकारण चुनाव गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । काँग्रेसले चुनाव हारे पनि देशले जित्छ भन्नुहुन्थ्यो उहाँले । त्योबेला चुनाव जित्ने र हार्ने कुरा होइन, देशले जित्ने कुरा हो भन्नुहुन्थ्यो । देशलाई जिताउने उद्देश्यका साथ उहाँ अगाडि बढ्नु नै भयो ।

रह्यो राष्ट्रपतिको कुरा । मलाई के लाग्छ भने राष्ट्रपतिमा गिरिजाबाबुलाई मैले सजिलै समर्थन गर्छु भन्नेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । हाम्रो लिखित÷अलिखित सहमति त भएको थिएन, चुनावपछि उहाँलाई राष्ट्रपति बनाउन मैले सहयोग गर्ने भन्ने । किनभने, चुनावको परिणाम नै के आउँछ भन्ने थाहा नभइकन पहिल्यै को राष्ट्रपति, को प्रधानमन्त्री भन्ने कुराको अर्थ पनि थिएन । तर, हाम्रो जति निकटता थियो, जति धेरै छलफल हामीवीच हुन्थ्यो, त्योबाट गिरिजाबाबु यदि भोलि माओबादी पार्टी ठूलो भयो र प्रचण्डले जसलाई भन्यो, त्यही राष्ट्रपति हुने स्थिति आयो भने मलाई दिन्छन् भन्ने कुरामा विस्वस्त हुनुहुन्थ्यो भन्ने कुरा पछि थाहा भयो । चुनावपछि, रिजल्ट आइसकेपछि ।

तर, हाम्रो पार्टीले गिरिजाबाबुलाई राष्ट्रपतिमा समर्थन गर्न तयार भएन । यहाँ अलिकति फरक छ । म व्यक्तिगतरुपले हुने र पुरै पार्टीलाई त्यो ठाउँमा पु¥याउन गाइड गर्नुमा अलिअलि अन्तर छ । गिरिजाबाबुप्रति मेरो सकारात्मक धारणा हुँदाहुँदै पनि ठूलो पार्टी भएपछि म पनि अलिकति धर्ती छोडेको हुँ भन्ने लाग्छ मलाई आज । अब कोही नभए पनि हुन्छ भनेजस्तोतिर मेरो दिमाग गयो र गिरिजाबाबुलाई राष्ट्रपति बनाउने अवसर मैले गुमाएँ भन्ने लाग्छ । मैले सार्वजनिकरुपमै धेरैचोटि भनेको छु, त्यतिबेला गिरिजाबाबुलाई राष्ट्रपति बनाउनुपर्ने थियो, त्यसो गरेको भए संबिधान बन्न पनि ४÷५ बर्ष लाग्दैनथ्यो, तुरुन्तै बन्थ्यो र देशको राजनीति पनि अर्कै ढंगले जान्थ्यो । त्यो त्रुटि भयो भन्ने मलाई अहिले लाग्छ ।

गिरिजाबाबुचाहिँ ढुक्क हुनुहुन्थ्यो । चुनावपछि पनि उहाँले मकहाँ साथीहरु पठाउनुभएको थियो, राष्ट्रपतिका बारेमा के सोचेको छ भनेर । मैले हुन्छ भन्न सकिनँ । बाहिरी कुनै कारणले होइन, माओवादीको आफ्नै कारणले त्यो परिस्थितिलाई ठीक ढंगले ह्यान्डल गर्न नसकिएको हो । मेरो अनुभवको पनि अलिकति कमी भयो । किनभने, झण्डै बहुमत आयो हाम्रो । बहुमत नै आउँछ कि आउँदैन भन्ने हामीले पूर्वानुमान पनि गर्न सकेका थिएनौं । एकैचोटि आई नै हाल्यो । आइहालेपछि निर्णय लिने कुरामा परिपक्वता देखिनुपथ्र्यो । लिडरसिपको हैसियतले त्यसमा म अरु कसैलाई दोष दिन्नँ, म नै मुख्य जिम्मेवार हो भन्ने लाग्छ । मैले उहाँलाई राष्ट्रपति बनाउनुपर्ने थियो । त्यो एउटा परिपक्व निर्णय हुन्थ्यो ।

ज्यातिविधि धेरै जितेकाले मभित्र पनि कहीँ न कहीँ अब मैले जसलाई चाह्यो, त्यसैलाई हुन्छ भनेपछि किन अरुलाई बनाउने ? मैले चाहेदेखि मसँग पहिल्यैदेखि सहकार्य गरेकै मान्छे किन नबनाउने भनेर मैले रामराजाप्रसाद सिंहलाई उठाउने फैसला गरें । त्यहाँ कहीँ न कहीँ मिस भयो । तर, यो कसैको (विदेशी) दबावले होइन ।

मैले त्यतिबेला यति छिटै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ला भनेर आफूलाई तयार पारेको थिइनँ । बहस हुँदै जान्छ, राजनीतिक संघर्ष हुँदै जान्छ भन्ने थियो । संविधान बनाउने र शान्ति प्रकृया टुंग्याउने दुईटा मुख्य मेरा जिम्मेवारी थिए । तर, भर्खर युद्ध र क्रान्तिबाट आएको हुनाले मलाई एउटा ‘क्रान्तिकारी रोमान्सवाद’ भनिन्छ नि, त्यस्तो पनि भयो । मैले केही केही कुरा अलि एक्स्ट्रीममा गएर निर्णय गरें । जुन पछि गएर बुम¥याङ गरें भन्ने लाग्छ । यसले देशलाई पनि फाइदा गरेन ।

जस्तो– एउटा त गिरिजाबाबुलाई राष्ट्रपति बनाएर मैले प्रधानमन्त्री लिएको भए सहज जान्थ्यो भन्ने अहिले फर्केर हेर्दा लाग्छ । यो कुरा मैले आज हैन, धेरै पहिलेदेखि भनिराखेको छु । दोस्रो कुरा, मैले १२ बुँदे समझदारी, शान्तिप्रकृया बनाउन सकारात्मक सहयोग गर्ने अन्तराष्ट्रिय शक्तिहरुलाई पनि एकैचोटि मिनिमाइज्ड गर्न खोजें । सबै मैले भनेपछि हुन्छ भनेजस्तो एउटा मनोभावना त्यतिबेला आयो । यिनै दुईवटा कमजोरीका कारण नै मलाई लाग्छ, मैले ९ महिनापछि सरकार छोड्नुपर्ने परिस्थिति बन्यो ।

त्यतिबेला सेनापतिको हैसियतले रुक्माङद कटुवालले जुन राजनैतिक वक्तव्यहरु दिने गरेका थिए, ती वक्तव्यहरु लोकतन्त्रका विरुद्ध, परिवर्तनका विरुद्ध नै हुने गर्थे । एउटा सेनापतिले, सरकारको मातहतमा भएको एउटा संस्थाले योरुपमा जान उचित हुँदैन भन्ने कुरा त स्वतःसिद्ध नै थियो । त्यसकारण मैले यसलाई कुनै न कुनैरुपले कारवाहीको विषय बनाउनपर्छ भन्ने ठानें । र, त्यो ठूलो कुरो पनि मलाई लागेन । किनभने, पुराना कतिपय संरचना र संस्थाहरु राजा वरिपरि बसेर हुर्केका त्यहीँबाट पालिएका पोसिएका थिए । एउटालाई राम्रो सबक सिकाउन सकियो भने यो गणतन्त्र सुदृढ भएर जान्छ भन्ने मलाई लाग्यो । त्यसकारण मैले कारबाहीको कुरा गरें । तर, कारबाही किन गर्नुप¥यो, तीन महिनापछि आफैं जान्छ भन्ने कैयौंका मलाई सुझावहरु पनि थिए । आफैं जाने कुराको एउटा अर्थ हुन्छ । तर, नागरिक सर्वोच्चताका विरुद्ध सेनापति बोल्दै हिँड्नेलाई कारवाही नगर्ने हो भने गणतन्त्र झन कमजोर हुन्छ भन्ने मलाई महशुस भयो र म कारवाही गर्ने निर्णयमा पुगें । कारबाही गरें पनि । तर, त्यसपछिको नाटकीय घटना तपाई–हामी सबैलाई थाहा छ । 

गिरिजाबाबुलाई राष्ट्रपति बनाएर मैले प्रधानमन्त्री लिएको भए सहज जान्थ्यो भन्ने अहिले फर्केर हेर्दा लाग्छ । यो कुरा मैले आज हैन, धेरै पहिलेदेखि भनिराखेको छु । दोस्रो कुरा, मैले १२ बुँदे समझदारी, शान्तिप्रकृया बनाउन सकारात्मक सहयोग गर्ने अन्तराष्ट्रिय शक्तिहरुलाई पनि एकैचोटि मिनिमाइज्ड गर्न खोजें । सबै मैले भनेपछि हुन्छ भनेजस्तो एउटा मनोभावना त्यतिबेला आयो । यिनै दुईवटा कमजोरीका कारण नै मलाई लाग्छ, मैले ९ महिनापछि सरकार छोड्नुपर्ने परिस्थिति बन्यो ।

अन्तिमसम्म, कारबाही गर्दासम्म पनि फेरि गिरिजाबाबुको अब जे–जे भयो भयो, राजीनामा चाहिँ नदेऊ भन्नुभएको थियो है मलाई । मैले राजीनामा दिने कुरा पनि संकेत गरेको थिएँ । बिहान स्थायी कमिटीको बैठक बसेर आज राजीनामा दिन्छु भनेको थिएँ मैले पार्टीमा । त्यो कुरा थाहा पाएपछि गिरिजाबाबुले दिनमा मलाई तीन÷तीनचोटि फोन गरेर तपाई नछोड्नुस् है, प्रधानमन्त्री नछोड्नुस् भन्नुभएको थियो । मैले भनें, गिरिजाबाबु म त डुबें, यो राष्ट्रपति एकातिर, अर्को अर्कोतिर, यो सबैचिज भद्रगोल भयो । त्यसकारण योभन्दा त बरु म जनतामै जान्छु । उहाँले चाहिँ राजीनामा नदेऊ नै भनिराख्नुभएको थियो ।

राजीनामा दिन जाँदाखेरि राष्ट्रपति (रामवरण) र वरिपरि भएका मान्छेहरुको त जितेको मुड थियो । अरु पार्टीहरु पनि सबैले हस्ताक्षर गरेर राष्ट्रपतिलाई दिएका थिए । उनीहरुको मुड त बिजेताको जस्तो थियो । मेरो त सामान्यरुपमा म गएँ, औपचारिकता पूरा गरें । त्यसपछि म जनतामा यी कुरा लिएर गएँ ।

संविधान बनाउने सन्दर्भमा खासगरी नेपाली काँग्रेस, त्यतिबेलाको माओवादी, एमाले र विजय गच्छदारको पनि पार्टी थियो, यी चार पार्टीका वीचमा १६ बुँदे जुन समझदारी भयो, संविधान बनाउने बारेमा त्यो १६ बुँदे समझदारी एउटा ऐतिहासिक समझदारी थियो । १२ बुँदे समझदारीपछिको निकै दुरगामी महत्व राख्ने समझदारी थियो त्यो । त्यो समझदारी बनाउनेबेलामा दुईटा कुरा भएका थिए । जुन कुरा मैले भन्दै आएको पनि छु ।

एउटा त संबिधान निर्माण भैसकेपछि पहिलो प्रधानमन्त्री केपी ओलीलाई बनाउने । र, संविधान घोषणा भैसकेपछिको राष्ट्रपति सुशील कोइरालालाई बनाउन मैले सहयोग गर्छु भनेको थिएँ । त्यसमा मोटामोटी समझदारी जस्तो थियो हाम्रो । लिखित त गरिएन, तर त्यो कुरा भयो । त्यसमा सुशीलजीको पनि मौन समर्थनजस्तो थियो ।

नेपाली काँग्रेसले राष्ट्रपति पाउने, एमालेले प्रधानमन्त्री पाउने भैसकेपछि मेरा लागि संविधान बनाउने कुरा महत्वपूर्ण थियो । संविधान बन्यो भने ठूलो कुरो हुन्छ भन्ने थियो मलाई । म त प्रधानमन्त्री, राष्ट्रपति हुने दौडमा थिइनँ । सुशीलजीलाई र केपीजीलाई यो कुरामा सहमत गराइसकेपछि संविधान बन्छ भन्ने आधारमा १६ बुँदे भएको थियो । त्यहीअनुसार नै संविधान बन्यो ।

दबावहरु त थिए धेरैखाले । संविधान नबनोस् भन्ने दबाव धेरैखाले थिए । मलाई लाग्छ, सुशीलजीसँग २४ सै घण्टा सँगै बस्ने अतुलजीलाई यो कुरा थाहा छ । तर, ती दबाव सबैलाई झेलेर हामीले संविधान घोषणा गरियो । त्यहाँसम्म सहजै थियो, तीनवटै पार्टीका वीचमा ।

सरकार बनाउने बेलामा कताबाट सुशीलजीको दिमागमा प्रधानमन्त्री उठ्ने आयो । त्यो बडो दुर्भाग्यपूर्ण भएको लाग्छ मलाई । सुशीलजी त्यसरी चुक्नै हुन्थेन । प्रधानमन्त्री भैसक्नुभएको थियो, संबिधान बनेको थियो । उहाँकै नेतृत्वमा संविधान बन्यो भन्ने कत्रो हाईहाई थियो । उहाँले भन्नेवित्तिकै उहाँका लागि राष्ट्रपतिको भवन उहाँलाई स्वागत गर्न तयार थियो । उहाँले त्यो लोभ नगर्नुपथ्र्यो । कसले उहाँको दिमागमा हाल्दियो । मैले त उहाँलाई नउठ्नुस् भनिराखेको थिएँ । हुन्न है सुशीलजी, जे पहिला सहमति भएको छ, त्यही लाइनमा जानुपर्छ, केपीलाई नै समर्थन गरौं, तपाई राष्ट्रपतिमै जानुस् भन्ने गर्थें मैले । उहाँले अँ–अँ भन्नुहुन्थ्यो ।

त्यो दिन पनि राति ९ बजेसम्म केपी, म र कृष्ण सिटौला, हामी सँगै थियौं । सिटौलाले हामीलाई उहाँ(सुशील) प्रधानमन्त्रीमा उठ्नुहुन्न भनेर रिपोर्ट गरिराख्नुभएको थियो । ११ बजेमात्रै निर्णय भएछ, उठ्ने भनेर । उहाँलाई के कुराको भ्रम प¥यो अथवा भ्रम पारियो भने बाबुराम भट्टराईले माओवादीका २५ जना सांसदलाई क्रस गराउँछ रे र त्यो भोट सुशीलजीलाई आउँछ भन्नेमा विश्वास दिलाइयो । बाबुरामको तर्फबाट केही मान्छे बालुवाटार गए । त्यहाँ कुराकानी पनि भयो । तर, एउटा कोही कतै जानेवाला थिएन । किनभने, सम्भव थिएन नि । छाडेर जानुको अर्थ त सांसद पनि जान्थ्यो, सबै जान्थ्यो । बाबुरामसँग त्यसरी लाग्ने कोही सांसद थिएनन् । त्यो भ्रमका कारण पनि सायद सुशीलजीले प्रधानमन्त्रीमा उठ्ने निर्णय गर्नुभयो । उहाँको राजनीतिक जीवनको एउटा साह्रै नराम्रो निर्णय त्यही भयो । यसले सायद उहाँलाई पछि अलि बढी नै ह्युमिलेट पनि ग¥यो होला ।

शान्ति प्रकृयामा आएपछि चक्र बास्तोलासँग पटक–पटक मेरो कुराकानी हुने गथ्र्यो । यद्यपि उहाँको गिरिजाबाबुसँग के–के (सम्बन्ध) बिग्रेको मैले अझै पनि सबै खोतल्या छैन । खोतल्न नि चाहन्नँ । किन हो मलाई थाहा छैन । चक्रजी पहिलो वार्ताको सहजकर्ता हो । उहाँ आफैंमा एउटा विद्धान मान्छे पनि हो, नेपालको इतिहास र विदेश मामिलासम्बन्धी समस्याहरुलाई सैद्धान्तिकरुपले निरुपण गर्नेमा पनि चक्र बास्तोलाको ठूलो भूमिका हो । त्यसकारण उहाँ र म अलि सैद्धान्तिक छलफलहरु गथ्र्यौं । देशको परिस्थितिको विश्लेषण गथ्र्यौं । उहाँ मलाई एउटा अभिभावकले जस्तो गरी सुझाव दिनुहुन्थ्यो । तपाई यो गर्नुस्, त्यो गर्नुस् भन्ने गर्नुहुन्थ्यो । उहाँको सुझाव मलाई बडो पारदर्शी, निष्पक्ष र निश्वार्थ लाग्थ्यो । धैरैपटक हाम्रो कुराकानी हुने गरेको थियो ।

कम्युनिष्ट आन्दोलनतिरबाट भन्नुपर्दाखेरि पहिलो त पुष्पलाल श्रेष्ठ नै हो, जसले जहिले पनि लोकतन्त्रका निम्ति, संयुक्त आन्दोलनको पक्षपोषण गरेरै मर्नुभयो । उहाँले धेरै ठूलो योगदान नेपाली इतिहास र नेपाली समाजको विश्लेषणमा गर्नुभएको छ । दोस्रो–नेपाली काँग्रेसका विश्वेश्वरप्रसाद कोइराला नै हो, जसले प्रजातान्त्रिक समाजवादका बारेमा नेपालमा कसरी लैजाने भन्ने र साँच्चै पहिलो पिढीँका क्रान्तिकारीहरुलाई उत्प्रेरित गर्ने भूमिका खेल्नुभयो । उहाँ बहुआयामिक व्यक्तित्व पनि हुनुहुन्थ्यो । साहित्यमा पनि, राजनीतिमा पनि उस्तै दक्खल राखेर युगान्तकारी भुमिका खेल्नेभित्रै पर्नुहुन्छ ।

मैले यतापट्टि कम्युनिष्ट आन्दोलनतिरबाट हेर्दा मदन भण्डारी । छोटै समयमा उहाँ लोकप्रियताको एउटा शिखरमा पुग्नुभयो । उहाँ पनि स्मरण गर्न लायक व्यक्तित्वभित्रै पर्नुहुन्छ भन्ने मलाई लाग्छ । त्यसपछि नेपाली काँग्रेसभित्र गणेशमान सिंह पनि एउटा यस्तो संघर्षशील र जुझारु व्यक्तित्व बन्नुभयो । र, पछिल्लो चरणमा इतिहासमा गिरिजाप्रसाद कोइरालाको भूमिका पनि महत्वपूर्णरुपमा स्थापित भयो । यिनै नेताहरुलाई नै म मुख्य नेताहरुका रुपमा लिन्छु ।

( नोटः यो सामग्री पत्रकार जगत नेपालले २०७६ सालमा माओवादी अध्यक्ष प्रचण्डसँग गरेको अन्तरवार्तामा आधारित रहेर तयार पारिएको हो । यो सामग्रीको पूर्णपाठ प्रचण्डको अन्तरवार्ता संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तकको पृष्ठ १०३–११८ मा ‘संक्रमणकालको भित्रीकथा’ शीर्षकमा प्रकाशित छ)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।