आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छः नरोत्तम वैद्य

शनिबार, १९ असार २०७८, १४ : ४२
शनिबार, १९ असार २०७८


बागमती प्रदेशसभाका सदस्य एवम् नेपाली कांगेसका नेता नरोत्तम वैद्यले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नु पर्ने बताएका छन् ।

शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले संसद्मा छलफलका लागि पेश गरेको उच्च शिक्षा विधेयकका बारेमा सुझाव दिँदै सांसद् वैद्यले विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि शिक्षा र स्वास्थ्य निशुल्क गर्नु पर्ने उनले बताए ।

विदेशी मुलुकहरुमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने गरेकाले नेपालले पनि सो नीतिलाई अँगाल्नु पर्ने सांसद् वैद्यले बताए ।

अन्य देशहरुमा जस्तै नेपालमा पनि शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने नीतिका लागि आवश्यक गृहकार्य गर्नुपर्ने उनको भनाई छ ।

अन्य देशहरुमा हुने खाने व्यक्तिबाट क्रान्तिकारी कर उठाउने र निमुखा जनतालाई सहुलियत दिने नीति रहेकाले सोही अनुसारको गृहकार्य गरेर नेपाल अघि बढ्नु पर्ने उनले बताए ।

उच्च शिक्षा विधेयकमा छलफल पछि ऐन निर्माण गर्दा राजनितिक भर्ती केन्द्र हुने गरी संरचना बनाउन नहुने उनले बताए ।

योग्यता र क्षमताको आधारमा उच्च शिक्षा विधेयकले कल्पना गरेको विश्वविद्यालयमा कुलपति, उपकुलपति लगायतका पदमा नियुक्ति दिनु प्रकृतिको ऐन बनाउनु पर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप