आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद

शनिबार, १९ असार २०७८, १३ : ०४
शनिबार, १९ असार २०७८

बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद   हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । 

आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे । 

आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।” 

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । 

किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप