बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्घाटनमै व्यस्त गण्डकीका मुख्यमन्त्री

शनिबार, १९ असार २०७८, ११ : ३१
शनिबार, १९ असार २०७८

सत्ता साझेदार दलबीच भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उद्घाटनमा व्यस्त बन्न थालेका छन् । 
गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ५ सदस्यीय विनाविभागीय मन्त्री बनाएर असार १ मा बजेट ल्याएका थिए । तर, असार १ मा बजेट ल्याएपछि ४ गते संसदबाट विश्वासको मत लिएका पोखरेलले मुख्यमन्त्री बनेको तीन सातासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । 
 
लामो समयसम्म मन्त्रिमण्डल विस्तारमा चासो नदिएको भन्दै गठबन्धनका दलहरुबीच समेत उनको आलोचना हुन थालेको छ । असार १ मा बजेट ल्याएपनि तीन साता पुग्नलाग्दा समेत उनले संसदमा छलफल चलाउन सकेका छैनन् । बजेट ल्याएर मुख्यमन्त्रीले लामो समयसम्म छलफल चलाउन चासो नदेखाएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले बिरोध गर्दै आएको छ । 

मुख्यमन्त्री पोखरेलले भने यतिबेला सानातिना स्वागत र उद्घाटनमा समय विताउन थालेका हुन् । सोही क्रममा उनी शुक्रबार पोखरामा एक सहकारीको उद्घाटनमा गएपछि सामाजिक संजालहरुमा समेत आलोचना शुरु भएको छ । 

मुख्यमन्त्री पोखरेल आज (शनिबार) स्याङजा सेतीदोभान स्थित निर्माण सम्पन्न भएको आँधिखोला अस्पताल भवनको शिलान्यास गर्न जाँदै छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप