शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जोखिम क्षेत्रमा सतर्क रहन जल तथा मौसम बिज्ञान विभागको आग्रह

शनिबार, १९ असार २०७८, १० : २५
शनिबार, १९ असार २०७८

पूर्वको इलाम, झापा, मोरङ तथा सुनसरीमा गएरातिदेखि अविरल वर्षा भैरहेको छ । निरन्तरको बर्षाले पानीको बहाव बढ्ने र जोखिम निम्त्याउने सम्भावना बढेको छ ।

निरन्तर परेको पानीका कारण खोलाहरुमा बाढी आउने तथा होचो ठाउँहरुमा डुबान हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मोवाइलको एसएमएसमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

विभागले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने र होचो स्थानमा डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप