बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

शनिबार, १९ असार २०७८, १९ : ००
शनिबार, १९ असार २०७८

अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो । 

हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ, थाहा नगरपालिका–१२ गैरीगाउँमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

त्यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैस–कुलेखानी–भिमफेदी–काठमाडौं जोड्ने २ वटा सडक फाखेल–हुमाने र सिस्नेरी–दक्षिणकाली सडक खण्ड पनि पहरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त सडक खण्डको भिमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भिमफेदी–६ गढी, देराली, फाखेल–हुमाने सडक खण्ड तर्फको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मी खोला, ईन्द्रसरोबर–२ कुलेखानीमा पहिरो कारण सडक अवरुद्ध भएकोे प्रहरीले जनाएको छ ।

यता कान्तीलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर–८ गंगटेमा वर्षका कारण कालोपत्रे नै बगाउँदा सडक अवरुद्ध भएको छ ।
कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाडामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

अवरुद्ध सडक खुलाउने कार्य भइरहेको तर वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको प्रहरी निरीक्षक दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप