बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

चेक गणतन्त्रविरुद्ध डेनमार्क : कसले मार्ला बाजी ?

शनिबार, १९ असार २०७८, ०७ : ५०
शनिबार, १९ असार २०७८

युरोकप फुटबलअन्तर्गत आज क्वाटरफाइनल खेलमा चेक गणतन्त्र र डेनमार्क तथा इङल्यान्ड र युक्रेन एकअर्कामा भिड्दैछन् । 

चेक र डेनमार्कबीचको खेल नेपाली समयअनुसार ९ः४५ मा  अजरवैजानको बाकु ओलम्पिक रंगशालामा हुँदैछ । अन्तिम १६ मा १० खेलाडीमा सिमित नेदरल्यान्डस्लाई हराउँदै चेक गणतन्त्रका क्वाटरफाइनलमा आइपुगेको हो । समूह चरणमा एक जित र एक बराबरीपछि दोस्रो चरण पुग्ने पक्का गरिसकेको चेक गणतन्त्र अन्तिम खेलमा इङल्यान्डसँग राजित भएको थियो ।

यता, समूह चरणमा डेनमार्कको यात्रा सबैभन्दा सनसनीपूर्ण रह्यो । फिनल्यान्डविरुद्धको पहिलो खेलमा डेनमार्कका स्टार क्रिष्ट्रियन इरिक्सन मैदानमै कार्डियाक एरेस्ट भएर ढले । त्यसपछि मानसिक रुपमा विक्षिप्त बनेका खेलाडीहरुले इरिक्सन होशमा आएको समाचार सुनेसँगै खेललाई निरन्तरता दिने निर्णय गरे । यद्यपी, मानिसक असर प्रस्टै देखिएको यस खेल डेनमार्कले १–० ले गुमायो । दोस्रो खेलमा बेल्जियमसँग पराजित भएपछि धेरैले डेनमार्क पहिलो चरणबाटै बाहिरिनसक्ने आँकलन गरेका थिए  ।

तर, अन्तिम खेलमा उसले रुसलाई ४–१ ले हराएर राम्रो गोलअन्तरसहित दोस्रो स्थान हासिल ग¥यो । डेनमार्कले अन्तिम १६ मा वेल्सविरुद्ध निकै उत्कृष्ट प्रदर्शन गर्दै ४–० ले नतिजा आफ्नो पक्षमा पा¥यो । 

युरोकपमा चेक र डेनमार्क तेस्रोपल्टक आमने–सामने हुन लागेका हुन् । २००४ को युरोकपमा यी दुबै टिम एकै समूहमा थिए । उनीहरुबीच समूह चरण र क्वाटरफाइनलगरी दुईपटक यस प्रतियोगितामा भेट भयो र दुबै पटक चेक गणतन्त्र विजयी भयो । 

के भन्छन् प्रशिक्षक ?
केस्पर हजुलमन्ड, डेनमार्क : हाम्रो टोलीले भयरहित भएर खेल्नेछ र १९९२ मा इतिहास बनाएका खेलाडीहरुको पाइला पछ्याउने प्रयत्न गर्नेछ । हामी स्वतन्त्र भएर खेल्नेछौं । खेलाडीहरुले देखाउँदै आएको साहसलाई आजको खेलमा पनि निरन्तरता दिनेछन् भन्ने लागेको छ । 

जारोस्लाभ सिहाभी : डेनमार्क साँच्चिकै बलियो टिम हो । उनीहरुको खेल शैली हाम्रोजस्तै छ । खेलप्रतिको प्रतिवद्धता र दृष्टीकोण पनि मिल्छ । एउटा सानो गल्तीले पुरै खेलको नतिजा निर्धारण गर्नसक्छ । मेरो बुझाईमा हामीले जसले विपक्षीको गल्तीको फाइदा उठाउन सक्छ उसैले खेल जित्छ । यो खेल निक प्रतिस्पर्धात्मक हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप