कोरोनाका कारण फिल्म निर्देशक विशारद बस्नेतको निधन
शुक्रबार, १८ असार २०७८, २२ : ००
फिल्म निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको निर्देशक सुब्रत आचार्यले बताए ।
कलाकार समेत रहेका निर्देशक बस्नेतले ‘मिस्टर भर्जिन’ र ‘न यता न उता’ नामक दुई फिल्मको निर्देशन समेत गरेका छन् । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले सुब्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।
बस्नेतले कोरोनाको कारण केही अगाडि पिता समेत गुमाएका थिए । निर्देशक बस्नेतको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको निधन प्रति बिभिन्न फिल्मकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला
-
के हामीलाई कसैले सम्झँदा बाडुली लाग्छ ?
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति