मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा तीन फरार अभियुक्त पक्राउ

शुक्रबार, १८ असार २०७८, २० : ०५
शुक्रबार, १८ असार २०७८

प्रहरीले विभिन्न समयमा कैदका लागि फैसला भएका तर फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा संलग्न कैद सजाय तोकिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार  वीरेन्द्रनगर नगरपालिका–२ का ४० वर्षीय भीमप्रसाद न्यौपाने, वीरेन्द्रनगर–४ कालागाउँ बस्ने ४६ वर्षीय धर्मराज गिरी, दैलेखको दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी रामप्रसाद घर्तीले न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेशअनुसार न्यौपानेलाई ९ वर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । यस्तै गिरीलाई चेक अनादर मुद्धामा सुर्खेत जिल्ला अदालतले २०७७ असार १० गतेको फैसलाको आदेशअनुसार प्रहरीले पक्राउ गरेको हो । उनले ४२ हजार ५०० जरिवाना तिर्नुपर्नेछ । 

‘अर्का फरार प्रतिवादी खड्कालाई वीरेन्द्रनगर बजारबाट पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ’ घर्तीले भने–‘उनलाई सुर्खेत जिल्ला अदालतले २०६८ भदौ २८ गतेको फैसलाले खड्कालाई ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सुनाएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप