कुमारी बैंकका ग्राहकलाई दृष्टि द भिजन आइ सेन्टरमा २०%सम्मको छुट
शुक्रबार, १८ असार २०७८, १९ : ३४
काठमाडौं । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि द भिजन आइ सेन्टर बीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा बैंकका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता–पत्र अनुसार दृष्टि द भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २०% सम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि द भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण एन्फा महिला लिगको खेल स्थगित
-
हेटौँडा र काठमाडौँ जोड्ने सडकको पहिरो पन्छाउँदै प्रहरी
-
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध
-
त्रिभुवन विश्वविद्यालयमा कृषिको प्रवेश परीक्षा स्थगित
-
राहत तथा उद्धारमा खटिन गृहमन्त्रीको निर्देशन
-
रौतहटको बागमती र बकैया नदीमा बाढी, ६ पालिका रेड जोनमा