अभिनेत्री सुपुष्पा र निर्माता रौनकले गरे विवाह
शुक्रबार, १८ असार २०७८, १७ : ३३
अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्ति मात्र सहभागी रहेको थियो । दुबैका नजिकका फिल्मकर्मी समेत विवाह समारोहमा सहभागी भएका थिए ।
कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह निर्णय गरेका थिए । रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पाले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ मा काम गरेकी छन् । ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण