क्यानाडा पठाइदिन्छु भन्दै २१ वर्षीय युवकले ठगे १ करोड ५० लाख

क्यानाडा पठाइदिन्छु भन्दै ठुलो रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँच खाल घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारी रहेका छन् ।
अधिकारीले वर्किङ भिसामा क्यानाडा पठाएर राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई फरार भएका थिए ।
महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार अधिकारीलाई प्रहरीले काभ्रेको बनेपास्थित दाहालगाउँबाट असार १७ गते पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धानबाट अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ । उनले हालसम्म १ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको भनाइ छ ।
अधिकारीहरू थप अनुसन्धानका लागि महानगरीय परिसर काठमाडौँ पठाएको छ । प्रहरीले अधिकारीबाट ठगिएका अन्य पीडितहरू भए महाशाखामा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी