बागमतीको बजेट झिल्केमिल्के : सुवेदी
बागमती प्रदेशसभा सदस्य भावना सुवेदीले प्रदेश सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट जनताले बुझ्ने भाषामा नभएको बताएकी छिन् । उनले शुक्रबारको प्रदेशसभाको बैठकमा बजेट माथि छलफल गर्दै सरकारले ल्याएको बजेट सुसंस्कृत भाषामा झिल्केमिल्के र जनतालाई भ्रम पार्ने प्रकृतिको भएको बताएकी हुन् ।
बजेट निर्माणमा सरकार गम्भीर नभएको भन्दै सन्तुलित बजेट ल्याउन नसकेको बताइन् । सरकारले ल्याएको बजेट गरिब निमुखा जनताको पक्षमा नभएको तर नारा नै नाराले भरिएको प्रचारमुखी बजेट ल्याएको उनको भनाई छ ।
सरकारले नेताहरू मात्र हित हुने प्रकृतिको बजेट ल्याएको भन्दै यसतर्फ सरकार गम्भीर हुनु पर्ने र जनताका पक्षमा योजनाहरू ल्याउनुपर्ने बताइन् ।
विपद् व्यवस्थापनको क्षेत्रमा समेत सरकारले प्रदेशका विभिन्न जिल्लालाई विभेद गरेको र समाजवाद उन्मुख बजेट भन्दै प्रचार प्रसारमा मात्र केन्द्रित भएको उनले बताइन् ।
सांसद सुवेदीले बजेटमा सन्तुलन भएकाले यो बजेट स्वीकार्य नहुने भन्दै प्रदेश सरकारका मन्त्री र नेता निजी सम्पत्तिको रूपमा हेरेको ले यो मान्य नहुने उनको भनाई छ ।