निर्वाचनका लागि अर्थ मन्त्रालयबाट ७ अर्ब ७२ करोडको खर्च निकासा
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ । शुक्रबार एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनका लागि उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । यद्यपि, सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा नै छ ।
सरकारद्वारा घोषित निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले रकमको व्यवस्था गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान