निर्वाचनका लागि अर्थ मन्त्रालयबाट ७ अर्ब ७२ करोडको खर्च निकासा
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ । शुक्रबार एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनका लागि उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । यद्यपि, सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा नै छ ।
सरकारद्वारा घोषित निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले रकमको व्यवस्था गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण